रेलमार्ग बकैया खोलाको किनार हुदै लैजान र जक्सन कछडियाटोलमा राख्न नगरको प्रस्ताव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 527 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारा जिल्लाको निजगढमा बन्न लागेको रेल मार्गका लागि बकैया खोलाको किनार हुदै लैजान निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले रेल्वे विभागलाई अनुरोध गरेका छन् । यसकासाथै रेलको जक्सन निजगढ वडा नं. ४ आसपासमा गर्नुपर्ने खनालले प्रस्ताव गर्नु भएको छ ।

निजगढ ४ मा जग्गाको उपलब्धता र क्षति समेत कम हुने भएकाले उचित रहेको बताउदै छेउछाउका बस्तीका स्थानीयलाई रोजगारीको अबसर समेत उपलब्ध हुने बताउनु भयो । पूर्व मेची देखि पश्चिम महाकालीसम्म निर्माण हुन लागेको रेलमार्ग निर्माणको लागि सर्वेको काम भईरहेको र निजगढ क्षेत्रमा बस्तीकोबिचमा रेल्वेमार्ग पर्ने भएपछि बकैया आसपासबाट लैजान नगरपालिकाले सहमति दिएको हो ।

निजगढ क्षेत्रको समस्या समाधानका लागि आज मंगलबार निजगढ नगरपालिकामा रेल्वे बिभागका महानिर्देशक दिपक भट्टराई सहितको प्राबिधिक टोलि बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । स्थानीय निजगढबासीले रेल्वेमार्ग बस्तीबिचमा पारेर लैजान नदिने भन्दै बिरोध गरेपछि सर्वेको काम समेत केही समय रोकिएको थियो । निजगढ नगरपालिकाका बस्तीलाई सुरक्षित राखी गाउँ बस्ती भन्दा अन्य ठाउबाट सर्वे गर्ने सहमती साथ छलफल सम्पन्न भएको छ ।

रेल्वे बिभागका महानिर्देशक दिपक भट्टराई सहितको प्राबिधिक टोलिले निजगढ बकैया खोला पारीबाट रेल्वे मार्ग लैजान कठिनाई उत्पन्न हुने प्राविधिकरुपमा समस्या देखिएको बताएका थिए । छलफल कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले प्राविधिकरुपमा सम्भव भएसम्म बकैया खोला पारी हुदै रेल्वे मार्ग लैजान अनुरोध गरेका थिए ।

पारीबाट रेल्वे मार्ग लैजान कठिनाई उत्पन्न हुने प्राविधिकरुपमा समस्या देखिए बकैया खोला वारी किनारै किनार कम क्षति हुने गरी रेलमार्ग लैजान र क्षति हुनेहरुका लागि उचित मुअब्जा दिनु पर्ने बताउनु भएको छ । बकैया खोला वारी किनारै किनार लैजादा एक बकैया खोलाको नदी कटानको समस्यापनि केही हद कम हुने उहाँले बताउनु भयो । अर्को निजगढ एकातर्फको घेराबन्दी भई थप सुरक्षित हुने विश्वास रहेको नगरप्रमुख खनालले बताउनु भयो ।

उहाँले रेलमार्गका लागि बाटो रोक्न पनि नसकिने र बस्ती विनास पनि पार्न नहुने अबस्थाको लागि अन्य विकल्प नभएकोले बकैया आसपासबाटनै रेलमार्ग बन्नुपर्ने आफनो पनि राय रहेको खनालले बताउनु भयो । नगरको प्रस्तावसगै रेलमार्ग चपुर क्षेत्र हुदै निजगढ बस्ती छाडेर बकैया खोलाको पुर्वी किनारैकिनार हुदै दाहसस्कार गृह हुदै खोला किनारबाट कछडिया टोलमा रेल्वे जक्सन हुदै लाल खोलाको किनार भक्तलाल, हुदै डम्बरपुर हुदै हेटौडा लैजादा बस्तीमा क्षति कम हुने निजगढ नगरपालिकाको राय छ ।

शेयर
प्रतिक्रिया
Skip to content