निकुञ्ज श्रेत्रबाट एक क्विन्टल चार किलो गाँजा सहिँत एक पक्राउ

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक क्विन्टल चार किलो गाँजा सहिँत एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नं.३ स्थित हाँडी खोला बस्ने वर्ष २८ का बुद्ध बहादुर भुलोन रहेका छन् ।

उनलाई निकुञ्जको कोर क्षेत्र भैंसे खोलाको ईलाकाबाट पक्राउ गरेको आरक्षले जनाएको छ । चार जनाको संख्यामा रहेका गाँजा तस्करहरू संयुक्त गस्ती टोलीलाई देखेर भाग्ने क्रममा एक पक्राउ परेका हुन । तीन जना तस्करहरू गाँजाको पोका फ्याँकेर भागेको र १ जना समातिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संतोष भगतले बताउनु भयो ।

दश वटा पोकामा रहेको सो गाँजा र ब्लोनलाई गस्ती टोलीले आफ्नों नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको र निकुञ्जबाट अनुसन्धान गरि थप आवश्यक कारावाहीका लागि पर्सा प्रहरीको जिम्मामा लगाईएको सूचना अधिकृत भगतले बताएका छन् ।

गाँजा सहिँत ब्लोनलाई पर्सा जिल्लाको क्षेत्रबाट पक्राउ गरिएको हुँनाले गाँजा सहिँत पक्राउ परेका तस्कर ब्लोनलाई पर्सा प्रहरी जिम्मामा लगाईएको आरक्षले जनाएको छ ।

मकवानपुर र बाराको उत्तरी क्षेत्रमा लगाईएको गाँजा केही समयदेखि जंगल क्षेत्र हुदै भारतीय बजार पुग्ने गरेको छ । सुनसान जंगल हुदै आवतजावत गर्ने मानिसहरु नहुने र जंगलमा सुरक्षकर्मीको पनि पहुच कम हुने भएका कारण तस्करी मौलाउदै आएको छ ।

https://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews

शेयर
प्रतिक्रिया
Skip to content