कृषि क्रान्ति जरुरी छ

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
निजगढ । २०७७।६।११ गते
कोराना महामारी र लामो समयदेखिको कामधन्दा गर्न नपाएपछि बेरोजगार बनेका मजदुरहरु काममा फर्किए पनि उद्योगले बिभिन्न बहाना गर्दै मजदुर कटौती गर्न थालेको छ । लामो समय काम गर्दै आएका मजदुरलाई बिभिन्न कारण देखाउँदै उद्योगहरुले झण्डै ४० प्रतिशत मजदुर कटौती गरेको मजदुर नेताहरुले बताइरहँदा सरकार र स्थानीय सरकार मौन बस्दै आएको छ । झण्डै आधा बर्ष यत्तिकै बितेपछि अहिले खान नपाउनेहरु बिभिन्न अपराधिक गतिविधि र चोरी तस्करीमा संलग्न हुन थालेको र पछिल्ला दिनहरुमा चोरी तस्करीका घटनाहरु बढ्दै गएको प्रहरीको तथ्यांकले समेत प्रष्टयाउँछ ।

भोकमरीको अवस्था अन्त्य गर्न र बेरोजगार बनेका मजदुरहरुलाई रोजगारी दिई नयाँ रोजगार दिन नसके अपराधिक कार्य बढदै जाने निश्चत छ । अबको दिनमा कृषी नयाँ रोजगारीको श्रृजना गरी नेपालमा नै कृषि क्रान्ति गर्नुपर्ने अहिलेको समयमा सरकार मन्त्री परिवर्तन र राजनीतिक अलझनमा अलझिंदा कृषीमा कसैको ध्यान जान सकेको छैन । जाओस पनि कसरी जे गर्दा पनि किसान ठगिनु पर्ने एकातर्फ छ भने अर्को तर्फ एक रुपैयापनि सरकारको सहयोग छैन । अनी घाटा हुने कृषी ब्यवसाय किन र कसले गर्ने । आम मजदुर किसान मारमा छन् । कृषि प्रधान देश भएपनि र सरकारले कृषिका लागि बिभिन्न योजना बनाएपनि कृषकसम्म पुग्न सकेको छैन । किसानले सरकारमार्फत सामान्य दश रुपैयाको औषधि समेत पाउन नसकेको अहिलेको अवस्थामा कृषि क्रान्ति र देशमा बढेको बेरोजगारी अन्त्य हुन सक्दैन । त्यसका लागि सरकारले बेरोजगार युवा जमातलाई ऐलानी पर्ती होस वा बनजंगलको क्षेत्र होस काम गर्ने वातावरण तयार गर्दै किसानलाई मल बिऊ बिजन निःशुल्क पु¥याउने वातावरण बनाउन सके र प्राकृतिक प्रकोपमा परेकालाई क्षतिपूर्ति दिन सके मात्र कृषिमा मानिसहरुको लगानी बढ्न सक्छ । यसैका मार्फत गरिबी र भोकमरी दुबै हट्न सक्छ । तर यी कुरामा सरकारको ध्यान कहिले जाने हो हेर्न बाकी छ ।

शेयर
प्रतिक्रिया
Skip to content