ओमानलाई नेपालको १ सय ९६ रनको लक्ष्य

तराइ संचार
तराइ संचार 771 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा मंगलबारको खेलमा ओमानलाई मध्यम लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा आएको नेपाल ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भयो । ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा नेपालबाट आसिफ शेखल सर्वाधिक ९० रन बनाए । १ सय १२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको दोस्रो उच्च स्कोर हो ।

ओमानका बिलाल खानले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । उनले कुशल भुर्तेल, कुशल मल्ल र विक्रमलाई बोल्ड गरेका थिए । उनले नै कुशल भुर्तेलको विकेट लिएका थिए । नेस्टोर धम्बाले २ र मोहम्मद नदिमले १ विकेट लिए ।

शेयर
प्रतिक्रिया
Skip to content