नेपालमाथि ओमानको सहज तेश्रो जित

तराइ संचार
तराइ संचार 937 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ — ओमानले आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताको मंगलबार नेपाललाई सजिलै ५ विकेटले पराजित गर्दै तेश्रो पटक पराजित भएको छ । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै २ सय रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

टस जितेर ब्याटिङमा आएको नेपालले ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भएको थियो । ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंहले ६० बलमै शतक बनाएपछि ओमानले सजिलै लक्ष्य पूरा गरेको हो । जतिन्दरले कुल ६२ बलमा १ सय ७ रन बनाउने क्रममा १२ चौका र ६ छक्का प्रहार गरे । उनले नेपालका बलर सोमपाल कामीलाई एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

शोएब खान ७, अयान खान १८, कप्तान जिशान मक्सुद ४ र सुरज कुमार २० रनमा आउट भए । विक्रम सोबको बलमा विजयी छक्का प्रहार गरेका मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे ।

फिल्डिङका क्रममा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरेनन् । करण केसी र कुशल मल्लले २–२ तथा सुशन भारीले १ विकेट लिए ।

शेयर
प्रतिक्रिया
Skip to content