‘उल्टो सुल्टो’ र ‘जुठे’ले पाए उत्कृट टेलिफिल्मको अवार्ड

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं – टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमकाबिच कुल ४१ विधा रहेको अवार्डमा उत्कृट टेलिफिल्मको अवार्ड हास्यव्यङ्ग्य तर्फबाट ‘उल्टो सुल्टो’ले प्राप्त गर्न सफल भएको छ ।

नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। चलिचत्र विकास वोर्डको प्राङ्गणडमा संस्कृत विद् सत्यमोहन जोशीको प्रमुख आतिथ्योमा सम्पन्न भएको हो । अवार्डमा वोर्डका अध्यक्ष दयाराम दाहाल,वरिष्ठ कलाकार नीर शाह, प्रथम टेलिफिल्म निर्देशक तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, वरिष्ट हास्य कलाकार सन्तोष पन्त ,देशभक्त खनाल, बरिष्ठ पत्रकार प्रकाश सुवेदी ,निर्देशक सुदर्शन थापा ,बरिष्ठ समाजसेवी तारा बहादुर कुवँर लगायत ख्यातिप्राप्त कलाकार तथा समाजसेवीहरूको हातबाट अवार्ड वितरण गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट टेलिफिल्म सामाजिक तर्फबाट ‘जुठे’ले पाउन सफल भएको छ भने उत्कृष्ट निर्देशक सामाजिकमा जुठेबाटै मरिचमान श्रेष्ठ र राजु पौडेलले पाएका छन ।

उत्कृष्ट चरित्र अभिनेतामा मेरी वास्सैबाट सुरविर पण्डित ,उत्कृष्ट चरित्र अभिनेत्रीमा जुठेबाट विद्या कार्की ,उत्कृष्ट लेखन सामाजिकमा जुठेबाट मरिचमान तथा राजु पौडेल ,उत्कृष्ट लेखन हास्यव्यङ्ग्यमा उल्टो सुल्टोबाट रबि डंगोल ,उत्कृष्ट नव निर्देशकमा बुहारीबाट रामचन्द्र बोहोरा, उत्कृष्ट छायाँकारमा जुठेबाट घनश्याम पोख्रेरल, उत्कृष्ट सम्पादकमा दृष्टिबाट नविन निरौला ,उत्कृष्ट खलपात्र जुठेबाट रवि गिरीले पाए।

चलचित्र पत्रकारिता पुरस्कारतर्फबाट गोपीकृष्ण टिभीबाट विष्णु सुवेदी र मोफसलबाट पत्रकारिता गर्दै आएका हिमेश विकलाई प्रदान गरिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content