राष्ट्रिय भूमि आयोग, २०७८’ गठन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 890 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग राष्ट्रिय भूमि आयोग, २०७८ गठन गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको हो । अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । त्यसैगरी उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको छ ।

निरौला र खड्का दुवैले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । आयोगका अन्य पदाधिकारीका विषयमा जानकारी आईसकेको छैन । यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content