चीनलाई चुनौती अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् ।

चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ ।सो सम्झौता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ ।

ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ । यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको बीबीसीले जनाएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ । वासिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिका, बेलायत र अष्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाएको छ ।

https://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews

शेयर
प्रतिक्रिया
Skip to content