निजगढ अन्तराष्ट्रिय विमानस्थल दक्षिण यशियाकै हव मनाउने गरी निर्माण गर्ने प्रस्ताव छ महिनादेखि अलपत्र

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ अन्तराष्ट्रिय विमानस्थललाई दक्षिण यशियाकै हव मनाउने गरी निर्माण गर्न सकिने गरी प्रस्ताव गरेको छ महिना बितेपनि सरकारले निर्णय गर्न नसकेकोमा स्थानीयले सरकारको आलोचना गर्न थालेका छन । सरकारले आफै बनाउने निर्णय लिएपनि स्रोत नभएको भन्दै अर्थ मन्त्रालयले निर्माण प्रकृयामा ठिलासुस्ती गर्दै आएको छ । सरकारले आफै वा कम्पनी मार्फत के मोडेलमा बनाउने भन्ने टुङगोमा पुग्न सकेको छैन ।

चिनिया कम्पनी चाईना कम्युनिकेशन कम्पनीले राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा प्रस्ताव पेश गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थललाई दक्षिण यशियाकै हव मनाउने गरी निर्माण गर्न सकिने बताएको छ महिना पुगी सकेको छ ।

ईपिसिएफ मोडेलमा आफु निर्माण गर्न ईच्छुक रहेको नेपालमा रहेको साझेदार कम्पनी मार्फत सो प्रस्ताब पेश गरेको हो । सिसिसीले गएको फागुन ९ गते नै यस्तो प्रस्ताव गरेको हो । ईपिसिएफ मोडेल अन्र्तगत कम्पनीलेनै ईन्जिनियरिङ, ठेक्कापट्टा, निर्माण र स्रोत ब्यबस्थापन गर्ने गर्दछ । सम्पुर्ण लगानी कम्पनीले गरेपछि ३५ बर्षसम्मको आम्दानी आफुले पाउनुपर्ने र त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रस्ताव चिनिया कम्पनीको छ । पि एण्ड सि होल्डीङ कम्पनीका प्रसन गुरुङले चिनिया कम्पनी लगानी गर्न आतुर रहेको बताईएको छ ।


सरकारले लगानी बोर्ड मार्फत एयरपोर्ट निर्माण गर्न प्रस्ताव गरेको छ कम्पनीलाई लगानी बोर्डले सर्ट लिस्टनै तयार नगरी स्वीजरल्याण्डको जुरिज एयरपोर्टसग निर्माणका लागि ब्यवसायिक र प्राविधिक प्रस्ताव माग गरेपनि जुरिज नआएपछि लामो समयदेखि यो योजना अलपत्र पर्दै आएको छ । सरकार आफै निर्माण गर्ने की अन्य विकल्पमा जाने निर्णय गर्न सकेको छैन । सरकारले आफै निर्माण गर्ने भने पनि आफै बनाउन सक्छ की सक्दैन भनेर छलफल भएको लामो भएपनि निर्णय हुन सकेको छैन । सरकारले चिनिया प्रस्ताबलाई सकारात्मक भनेपनि कार्वान्वयनमा लान सकेको छैन । झण्डै तिस बर्षदेखि चर्चामा भएपनि अहिलेसम्म कुन मोडेलमा कसले बनाउने बिषय सरकारले निर्णय गर्न नसक्नु दुखद भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल बताउनु हुन्छ ।


यो विमानस्थल बनाउन चार खर्ब रुपैया लागत अनुमान गरिएको छ । सरकारले चार सय असी हेक्टर स्थानीयको जग्गा समेत अधिग्रहण गरी मुअब्जा बितरण गरी सकेको सरकारले समयमै निर्णय लिन नसक्दा निर्माण अन्यौल बनेको छ । निर्माण गर्न प्रस्ताव गरेको सिसिसि चिनिया कम्पनी ६३ प्रतिशत सरकारी लगानी रहेको कम्पनी हो । कम्पनीले चाईना डाक्सिन ईन्टरनेशनल एयरपोर्ट निर्माण समेत गरी सकेको छ ।

http://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews

शेयर
प्रतिक्रिया
Skip to content