निजगढ । बाराको निजगढ नगरपालिका अन्र्तगत निजगढ ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका २१ जना शिक्षक शिक्षीकाहरुका लागि प्रविधिमैत्री शिकाईमा सहयोग पुराउने उद्धेश्यले शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको छ ।
प्रदेश सरकारले प्राबिधिकधारका बिद्यालयलाई उपलब्ध गराएको अनुदान सहयोग रकम बाट ती शिक्षकशिक्षीकाहरुलाई ल्यापटप बितरण गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले बताउनु भयो । निजगढ वडा नं. ५ का वडाअध्यक्ष थल प्रसाद गौतमले एक एक थान डेल ल्यापटप शिक्षकशिक्षीकाहरुका लागि बितरण गर्नु भएको हो । बिद्यालयमा रहेका बाकी आठ शिक्षकहरुका लागि भने अर्को चरणमा बितरण गरिने अध्यक्ष गौतमले बताए ।
अध्यक्ष गौतमको अध्यक्षतामा भएको बितरण कार्यक्रममा वडा अध्यक्ष गौतम , प्रधानाध्यापक हस्तबहादुर लामा लगायतले प्रबिधिमैत्री शिक्षण अहिलेको आवश्यकता भएको बताउनु भयो । कोरोना महामारीका कारण पठनपाठन हुन नसकीरहेको अबस्थामा ल्यापटप बितरणले आउने दिनमा थप सहयोग पुग्ने प्रधानाध्यापक लामाले बताए ।