निजगढ । अखिल क्रान्तिकारी विधार्थी निजगढ नगर कमिटीले कक्षा १२ को परिक्षार्थिहरुलाई निशुल्क मास्क वितरण गरेको छ।
निजगढ नगरपालिका भित्र परीक्षा संचालन हुने सबै बिद्यालयहरुका लागि ५ सय विधार्थी र शिक्षकलाई तीन हजार पिस मास्क वितरण गरिएको अखिल क्रान्तिकारी निजगढ नगरका अध्यक्ष सुमन खुलालले बताए ।
अखिल क्रान्तिकारी निजगढले ३० हजार बराबरको मास्क बिद्यार्थि शिक्षक लगायत अन्यलाई गरी वितरण गरिएको र आगामी दिनहरुमापनि विधार्थिहरुको हरेक समस्यामा सहयोग गर्दै जाने संगठनका कोषाध्यक्ष स्यारोलिका लामाले बताईन। नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रविराज दंगालले समन्वय गरि उपलब्ध गराएको मास्क बितरण भएको हो ।