नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बारा २ सय ५१ सदस्यीय, सुन्दर विश्वकर्मा अध्यक्ष

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बारा २ सय ५१ सदस्यीय जिल्ला समिती घोषणा भएको छ । बाराको कलैयामा बिहीबार सम्पन्न जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो ।

प्रदेश २ का प्रदेश सांसद एवम सचेतक समेत रहेका विश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष समेत रहेका थिए । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसारी र बिजेन्द्र चौधरी रहेका छन् ।

त्यसैगरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्रप्रसाद कलवार रहेका छन् ।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, कृष्ण खनाल, ध्रुव यादव, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, शुभनारायण साह, गणेश रिजाल, गौरी ढकाल, राजेश पटेल, मनोज गुप्ता लगायत २५१ सदस्यीय समिति रहेको छ।

 

शेयर
प्रतिक्रिया
Skip to content