कलैया । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य नागेन्द्र चौधरीले एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठूलो नोक्सानी भएको बताएका छन् । नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउने दायित्व अब नेकपा एकिकृत समाजवादीको भएको बताउदै सबै एकजुट भएर आगाडि बढ्न निर्देशन समेत दिए ।
पार्टीको जिल्ला समितिको सपथग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । कार्यक्रमका अर्का केन्द्रिय सदस्य एंव विशिष्ट अतिथि दिनेश राईले ओलीको व्यक्तिवादी चरित्रका कारण पार्टीमा बस्ने अबस्था नभएपछि विद्रोह गर्नु परेको बताए ।
उहाँले झन्डै दुर्इ तिहाईको ओली सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा मनोमानी संसद विघटन लगायत मनोमानी रूपमा अगाडि बढ्दा कम्युनिष्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए ।
भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य विभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ का सदस्य छ्ठु प्रसाद यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छविलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतले जिल्ला भेलालाई सम्बोधन गर्दै केपी ओलीको आलोचना गर्दै शुभकामना मन्तब्य ब्यप्त गरेका थिए ।
भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २ सय ५१ सदस्यीय जिल्ला कमिटीको घोषणा समेत गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बारा २ सय ५१ सदस्यीय, सुन्दर विश्वकर्मा अध्यक्ष
यस अघि एमाले परित्याग गरी बाराका ४ जना वडाअध्यक्ष सहित ४२ जना जनप्रतिनिधिले नेकपा एस रोजेर सपथ ग्रहण समेत भई सकेको छ ।
https://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews