निजगढ । ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषध गाँजाको कारोबारमा सम्लग्न पाँच जनालाई पक्राउ गरेको छ ।
शूरुमा निजगढ ११ स्थित तामागढी सडकखण्डबाट २ जनालाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले पछि उनीहरुकै सुचनाका आधारमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्कैया चिनि मेल नजिकै गाँजा किन्न तयार थप ३ जना समेत गरी ५ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–२–०३–००४ प ८४४९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलका चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्धीलाल पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा सो गाजाँ बरामद भएको थियो ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको टोलीले गाजा किन्न बसेका थप ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयाका श्रीलाल महरा र सोही ठाउँका २४ वर्षीय नवल किशोर राम र प्रसौनी गाँउपालिका वडा नम्बर ७ का ३८ वर्षीय हरिन्द्र महरा चमार रहेका छन् ।
प्रहरीले उनीहरुबाट गाँजा किन्न तयार राखिएको नगद रु ५ हजार समेत बरामत गरेको छ । पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।