नायिका निरुता सिंहले आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी यी नायिकालाई जन्मदिनको धेरै धेरै शुभकामना छ । सन् १९७२ सेप्टेम्बर २६ मा भारतको दार्जिलिङ्गमा उनको जन्म भएको हो । चलचित्र ‘दक्षिणा’बाट निरुताले चलचित्र क्षेत्रमा पाइला राखेकी उनले अभिनय गरेको ‘दर्पण छाया’ सर्वाधिक सफल मानिन्छ । त्यसैगरी ‘बन्धकी, दुई किनारा, आफन्त, माइली, ठूल्दाई, अजम्बरी नाता, नाता रगतको’उनले अभिनय गरेकी सुपरहिट भए । करिब ८ बर्षपछि उनले चलचित्र ‘नाई नभन्नु ल ५’मा केमियो भूमिका निर्वाहा गर्दै कमब्याक गरेकी छन । चलचित्र ‘दाल भात तरकारी’मा भने उनले मुख्य नायिकाको रुपमा काम गरेकी छन् ।