माछा मार्न गएका निजगढका एक पुरुषको डुबेर मृत्यु

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित सुकेपोखरीमा माछा मार्न गएका एक पुरुषको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर २ का वर्ष ३४ का तिर्थलाल कुवर कछडिया रहेका छन ।

श्रीमति र साथीहरुसंग पोखरीमा माछा मार्न गएका उनको दिउसो १ बजे मृत्यु भएको हो । । मृतकको शब रौतहटको चन्द्रपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय निजगढले  जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content