बारा । बाराको कलैया उपमहानगरपालिकामा दलित धर्मशाला बन्ने भएको छ । उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादबले वडा नम्बर १२ धर्मनगरमा श्री गुरु रबिदास दलित धर्मशालाको शिलान्यास समेत गर्नु भएको छ ।
श्री गुरु रबिदास दलित धर्मशालाको अध्यक्ष एवम पुर्व मन्त्री कलावती पासवानको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रममा दलित समुदायमा हुने बिहे, ब्रतबन्ध लगायत अन्य समाजिक कामकाज गर्नका लागि हुदै आएको समस्या भवन निर्माण भएपछि समाधान हुने बताईएको छ ।
धर्मशाला शिलान्यास पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख यादबले आफनै कार्यकालमा धर्मशाला सम्पन्न गर्ने प्रतिवद्धता ब्यप्त गर्नु भयो । सुबिधा सम्पन्न धर्मशाला निर्माणका लागि आर्थिक बर्ष २०७७÷७८ को बजेटमा रु १५ लाख छुटाइएको र चालु आर्थिक बर्षमा धर्मशाला निर्माण गर्न आवश्यक बजेट छुट्याउने उहाँले प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
उहाँले धर्मशाला निर्माणमा आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भयो । धर्मशाला निर्माणका लागि करिब ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । शिलान्यास कार्यक्रममा दलित समुदायको समस्या समाधानका लागि धर्मशाला निर्माण गर्न लागिएका श्री गुरु रबिदास दलित धर्मशालाका अध्यक्ष एवम पुर्व मन्त्री पासवानले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वर केसरी, गुरु रबिदासका किशोरी राम लगायतले आफनो बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नगरप्रमुख यादवको हातबाट वडाअध्यक्ष केसरी, पुर्व गाबिस अध्यक्ष जगलाल साह बनिया, उपाअध्यक्ष सहिम हवारी, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, गुरु रबिदास प्रदेश २ का अध्यक्ष बिक्रम राम लगायतलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
https://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews