जगदम्बामा तोडफोड गर्नेलाई कारबाही गर्न छानबिन समितिको गृहमन्त्रीलाई सुझाव, समस्या अझै बढने 

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा भदौ ११ मा भएको तोडफोडमा सम्लग्नलाई कार्वाही गर्न छानविन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई सुझाव सहित प्रतिवेदन शुक्रबार बुझाएपछि स्थानीयले समितिको प्रतिबेदनमाथि टिप्पणी गरेका छन् ।


वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिल्स प्रालिमा रहेको एमोनियाँ ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्यास फैलिएपछि स्वासप्रश्वास समेत गर्न नसक्ने बनाएपछि भदौ ११ गते आक्रोशित स्थानीयवासीले उद्योगमा तोडफोड गरेको छानबिन समितिले ठहर गरेको छ ।

भत्किएको घरमा जोखिम मोलेर बस्न बाध्य स्थानीयलाई जगदम्बाको धम्की

उद्योग परिसरभित्र रहेको एमोनियाँ ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्यास फैलिएपछि आक्रोशित भएका स्थानीयले उद्योगभित्र प्रवेश गरेर तोडफोड गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले स्थलगत छानबिनपछि शुक्रबार गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै औद्योगिक सुरक्षाको व्यवस्था थप प्रभावकारी बनाउन समेत सुझाव समेत दिएको छ ।

समितिले उद्योगका तर्फबाट औद्योगिक सुरक्षा मापदण्ड पालना गर्न, उद्योगबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयहरुलाई प्राथमिकता दिन उपयुक्त हुने पनि सुझाव दिएको छ ।

जगदम्बा स्टिल सिमरामा तालाबन्दी

गृहमन्त्री स्तरीय छाविन समितिमा राजनैतिक दलहरुले गरे जगदम्बाको बिरोध

उद्योगले स्थानीय स्तरमा पुराएको असर, मजदुरको सुरक्षा लगायतका बिषय छानविन समिति मौन रहेको आरोप स्थानीयको छ । बस्तीकोबिचमा रहेको जगदम्बाले गाउँबस्तीलाई असर पर्ने गरी ग्याँस उद्योग स्थापना गरेपछि बिवाद चर्कदै आएको छ । त्यसैगरी उद्योगको प्रदुषण नियन्त्रण, सरकारी नदीनाला जफत गरेको लगायत धेरै समस्या जगदम्बा स्टिलले गर्दै आएपनि समितिले टिओआर कार्यक्षेत्र उद्योगको तोडफोड मात्र बनाएर सबै समस्याको समाधान खोज्न खोजेको देखिदैन ।

मन्त्रालय र सरकारले उद्योगको सबै समस्याको समाधानको पहल नगरेसम्म जगदम्बामा विवाद कायम रहन्छ नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेलले बताए । राज्यले स्थानीय सहित उद्योगको पनि समस्या बुझनुपर्ने र समस्याको समाधान सबै समस्याको समाधान गर्ने गरी गर्नुपर्ने नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले बताए ।

 

आउने दिनमा उद्योगमा तोडफोडको नाममा को को पक्राउ हुन्छन र स्थानीय जनप्रतिनिधि सहितले उद्योगको ज्यादतीका बारेमा उठाएको बिषयको समाधान कसरी निक्लन्छ चासोको बिषय छ ।

उद्योगमा लगाएको तालाबन्दी प्रशासनले एकातर्फी खोलेपनि समस्याको समाधान हुन सकेको छैन । अब तोडफोडका नाममा उद्योग र राज्य स्थानीयलाई पक्राउ र धरपकडमा उत्रिए यो समस्या अझै बढने निश्चत रहेको स्थानीयहरुले बताएका छन ।

जगदम्बाको फलाम गलाउने भट्टी पड्किएर मृत्यु भएका मजदुरले उद्योगबाट १० लाख ५० हजार पाए

 

जगदम्बा स्टिल सिमरामा तालाबन्दी

 

जगदम्बा स्टीलको ज्यादती विरुद्ध जिल्ला प्रशासनमा के भयो सहमित ?

जगदम्बा स्टिल प्रा.लि.को स्थानीयको सहमति विपरित नयाँ ठुलो मेशिन जडान,प्रहरी र स्थानीयबिच भिडन्त

 

जगदम्बा स्टिल प्रा.लिको गेटमा लगाएको ताला प्रशासनको आदेशमा प्रहरीले तोडेको छ

 

 

 

शेयर
प्रतिक्रिया
Skip to content