निजगढ । बाराको निजगढमा पाँच महिनामा नौ आत्महत्या भएको छ । केही समययता झुण्डिएर आत्महत्या गर्ने क्रम बढदै गएको डरलाग्दो तथ्याङकले स्थानीय सबैको ध्यान तानेको छ । जसमा बिद्यालयमा अध्ययनरत बालबालिकादेखि युवा बर्ग बिधाार्थिहरु समेतमा आत्महत्या हुने क्रम बढेको हो ।
शनिवार राती १० बजे निजगढ नगरपालिका वडा नं. ८ गौरीशंकर उच्च मा.वि. प्राविधिक शिक्षालय कृषी वाली विज्ञान दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थि प्रियन्का यादबको फेरी झुडिएर आत्महत्या गरेकीछिन । रौतहट मौलापुर नगरपालिका ३ निवासी १८ बर्षिय यादब मात्र हैन निजगढमा गत पाँच महिनामा नौ जनाको मृत्यु भईसकेको छ ।
झुण्डिएर मृत फेला परेकी यादबको बारेमा प्रहरीले घटनाको कारण पत्ता लगाई सकेको छैन । निजगढ छोरीलाई भेटेर घर फर्किएका बुबा शिव पुजन यादबले घर पुगेर राती फोन गर्दा फोन नउठेपछि नजिकै कोठा भाडामा बसेकी सन्ध्या यादबलाई फोन गरी हेर्दा प्रियन्काको झुडिएको अबस्थामा फेला परेको हो ।
निजगढ ईलाका प्रहरी कार्यालयको टोलीले आफन्त र घरबेटीको रोहबरमा ढोका फोडेर लास बरामद गरी अनुसन्धानका लागि शव परिक्षण गर्न पठाईएको छ ।
निजगढमा केहीदिन यता पटक पटक भईरहेको आत्महत्याको कारण धेरैको प्रेम सम्बन्ध, घरायसी समस्या, डिप्रेसन, जनचेतनाको कमी, रोगब्याथी, आर्थिक अबस्था कमजोर जस्ता कारण हुने गरेको ईलाका प्रहरीले जनाएको छ । यादबको आत्महत्याको कारण खुली सकेको छैन । थाईराईड रोगबाट पिडीत यादब केहीदिन यता बिद्यालयमा कमै जाने गरेको शिक्षकहरुले बताएका छन् ।
गएको बैशाख यता पाँच महिनामा मात्र निजगढमा ८ वटा आत्महत्या भईसकेको निजगढ प्रहरीले जनाएको छ । जसमध्ये अधिकाश युवा अबस्थाका रहेका छन् । आत्महत्या भएका मध्ये ६ जना महिला रहेकीछीन् ।
आत्महत्यामा कमी ल्याउन स्थानीय प्रशासन, प्रहरी र स्थानीय सरकारले कारण पत्ता लगाई नियन्त्रणका लागि प्रचारप्रसार, जनचेतनाको विस्तार र आवश्यक काम गर्नुपर्ने बताईएको छ ।
यसैबिच शनिबार रातीनै निजगढ ८ तामागढीमा मागीखानी हिड्ने एक तराईमुलको करिब ६० बर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।