एमाले बाराको अभिमुखीकरण कार्यक्रम, चौतारीको बहिस्कार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 837 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेकपा एमाले बाराले कोल्हबिमा शनिबार आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम पार्टीकै भातृसस्था प्रेस चौतारी नेपालले बहिस्कार गरेको छ ।

पार्टीको कार्यक्रम भएपनि पत्रकारको संगठनलाई बेवास्था गरेकोले वाध्य भएर बहिस्कार गर्नुपरेको प्रेस चौतारी नेपालका बाराका पुष्पराज खतिवडाले बताउनु भयो । खतिवडाले तराई संचारसग भने समन्वय र सहकार्य नभएकोले अग्रज र संगठनका नेतृत्वसग छलफल गरी बहिस्कार गरेको बताए ।

खतिवडाले सामाजिक संजालमा असहमतिलाई पोष्ट समेत गरेका छन् । चौतारीका अध्यक्ष दिवाकरण भण्डारीले पनि पाटीले गरेको गलत कामको बिरोध गरी आन्तरिकरुपमा छलफल भई बहिस्कार गरिएको बताए । यद्यपी सो बिषयमा छलफल गरी सक्की सकेको बताएका छन् । सञ्चार जगतलाई खबर नपुगेको बिषलाई आफुहरुले कमजोरी स्वीकार गरी आत्मआलोचना गरेपनि बहिस्कार र बिरोध गर्नुपनि ठिक नभएको एमालेका केन्द्रिय सदस्य एवम बाराका अध्यक्ष बलबरि चौधरीले बताउनु भयो ।


कोल्हबीमा सम्पन्न भेलामा पार्टीका प्रदेश नं. २ का ईन्चार्ज एव स्थायी समिति सदस्य रघुबिर महासेठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महासेठले बर्तमान सरकारले काम गर्न नसक्ने र समस्यै समस्यामा रहेको आरोप लगाउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि केन्द्रीय सदस्य एवम सह ईन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य एवम सह ईन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य एवम प्रदेश अध्यक्ष ज्वाला कुमारी साह , प्रदेश सभासद मोहम्मद समिर , जयप्रकाश यादब , उपाध्यक्ष देवनारायण चौधरी लगायतले मन्तब्य ब्यप्त गरेका थिए । जिल्ला अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार चयन गुरुङले सांगेतिक कार्यक्रम प्रस्तुती गरेकी थिईन ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती लामिछाने, जिल्ला सदस्य नारायण गौतम, राधेश्याम सिवाकोटी लगायतका एमाले नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जीतपुरसिमरा वडा नं. ३ का माओवादी समर्थक रामविनय चौधरी लगायत ३० जना एमालेमा प्रबेश गरेको जनाईएको थियो ।

 

बारामा पनि लागु भएन २०७२ जेठ २ को निर्णय

नेकपा एमाले बिभाजित भएर समाजवादी बन्ने क्रममा १० बुद्धे सहमति गरे पनि बारामा पनि २०७२ जेठ २ को निर्णय लागु भएको छैन । एमालेमा सुन्दर विश्वकर्मा पार्टी अध्यक्ष रहेको एमालेमा २०७२ जेठ २ को अबस्थामा फर्कदा अध्यक्ष बिश्वकर्मा समाजवादी रोजे पनि उपाध्यक्ष देवनारायण चौधरी भएपनि केन्द्रिय सदस्य बलबरि चौधरीलाई अध्यक्ष बनाईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content