प्रदेश २ मा सबै नागरिकलाई स्वच्छ खानेपानी र सिचाईको भरपर्दो ब्यवस्था गर्ने  ः मन्त्री शर्मा

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । प्रदेश २ सरकार खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले प्रदेश २ मा सबै नागरिकलाई स्वच्छ खानेपानी र सिचाईको भरपर्दो ब्यवस्था गर्ने काममा कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता ब्यत गर्नु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्तपुरमा नव निर्मित खानेपानी टंकीको उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनु भएको हो । बसतपुर खानेपानी सरसफाई उपभोक्ता समिति अध्यक्ष रामअयोध्या चमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमा मन्त्री शर्माले खानेपानी टंकीको निर्माणले यस क्षेत्रका बासिन्दाहरुलाई स्वच्छ खानेपानीका माध्यमले स्वास्थ्यलाई स्वस्थ राख्नमा मद्यत पुग्ने बताए ।

कलैया उपमहानगरपालिका, युनिसेफ नेपाल, युके एड, जन जागरण युवा क्लवको सहयोगमा परियोजना निर्माण गरिएको जनजागरण यूवा क्लवका अध्यक्ष भैयाराम यादवले जानकारी दिए । योजनाको कार्यपत्र प्रस्तुत श्रीनिवास बैठाले गरेका थिए । १ सय ८५ घरधुरी लाभवान्वित हुने पानी टंकीको क्षमता ४० हजार लिटर रहेको छ । ८० लाख ८४ हजार नव सय ७४ रूपैया १७ पैसा लगानीमा खानेपानी टंकी निर्माण भएको हो ।

कार्यक्रमलाई कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले पनि सम्बोधन गर्दै खानेपानी टंकी निर्माण हुनु यहाँका नागरिकहरुका लागि कोसेढुगा साबित भएको बताए । कार्यक्रममा वडा नम्बर २० का वडाअध्यक्ष महम्द इमामुदिन, कलैया उपमहानगरपालिकाका सरसफाई प्रमुख रामजी मण्डल, यूनिसेफ नेपालको खानेपानी तथा सरसफाई अधिकृत बोधनारायण श्रेष्ठ, जनजागरण यूवा क्लवका उपाअध्यक्ष राजदेव साह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content