सिकेन्द्र पासवान/गुरुप्रसाद गौतम
सिमरा । कम्यनिष्टहरुले आफनो असफलतालाई संसदीय लोकतन्त्रको असफलता भनेर चित्रण गर्न खोजेको आरोप नेपाली काग्रेसका पुर्व मुख्य सचिब एवम सबिधान सभाका सदस्य डाक्टर शोभाकर पराजुलीले बताउनु भएको छ ।
दुई तिहाई नजिकका कम्यनिष्टहरुले द्धन्द्धको खेती गरेर संसदीय ब्यबस्था र समाजलाई अद्योगति तर्फ लान खोजेको नेता पराजुलीले बताएका छन् ।
बाराको डुमरवानामा पत्रकार सम्मेलन गर्दै नेता पराजुलीले सो कुरा बताउनु भएको हो । पराजुलीले काग्रेस र वर्तमान सरकार र कम्युनिष्ट सरकारका बारेमा दुई छुट्टा छुट्टै प्रेस नोट जारी गर्दै नेता पराजुलीले काग्रेसको प्रतिस्पर्धा अर्को काँग्रेससग मात्रै रहेको बताउदै काँग्रेसप्रति जनताको रुझान बढदै गएको बताउनु भएको छ । अहिले काँग्रेसमा एकअर्काप्रति असहिष्णु प्रबृत्तीले कसैलाई फाईदा नगर्ने बताउदै काँगेसमा सहमति, एकता, मेलमिलाप, सहयोगी भावना भएको चरित्र निर्माण गर्न सकेमात्र सच्चा काँग्रेस हुने उहाँले बताउनु भयो ।
प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवा असफलता तर्फ गएको नेपाली काग्रेसकै नेताहरुले भन्न थालेको पत्रकारहरुले सोधेको प्रश्नमा उत्तरदिदै सरकारको मुल्याङकन गर्न संसदीय अभ्यास अनुसार सरकारको हनीमुन समयलाई पर्खनुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका पुर्व सचेतक समेत रहेका डाक्टर पराजुलीले पुर्व प्रधानमन्त्री एवम एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको हिमालयन बलन्डर बारे चर्चा, बिश्लेषन गरी दोषी देखिएका उपर कार्वाही हुनुपर्ने समेत बताउनु भएको छ ।
डाक्टर पराजुलीले नेपाली जनताले तत्कालिन नेकपालाई बहुमतको सरकार बनाउने दिएको माईन्डेडलाई कुठराघात गर्दै मतको बदनाम समेत ओली सरकारले गरेको बताउनु भयो । ओली सरकार र तत्कालिन नेकपा एमालेले राज्य र समाजको रुपान्त्रण गर्न नसकी समाजमा द्धन्द्धको खेती गरी अधोगतिमा पु–याउने काम गरेको नेता पराजुलीले आरोप लगाए ।
पराजुलीले नेकपा माओवादी र एमालेले देश र जनताको लागि कति गरे र आफनो लागि कति गरे भने कुराको हिसाव किताव गर्न पनि जरुरी रहेको चर्चा गरेका थिए । सरकारबाट राजिनमा दिदैमा केपी ओली गरेका नराम्रा कामहरुलाई यत्तिकै बिर्सनु नहुने बताउदै आफुले यसलाई हिमालयन बलन्डरको संज्ञा समेत दिदै जनताको सामु राख्नुपर्ने नितान्त जरुरी रहेको पराजुलीले बताए ।
नेपाली काँग्रैसको नेता समेत रहेका पराजुली नेपाली काँग्रेस पार्टी पनि सुध्रनुपर्नेमा जोड दिएका थिए । काग्रेस कमजोर अरु भन्दा आफनै मान्छेहरुबाट भईरहेको तितो यर्थातलाई आत्मसाथ गर्दै एकले अर्को अीस्तत्व स्वीकार गर्दै शत्रुता नराखी काँग्रैसको संगठन जोगाउन, मानवतावादी सोचको अभिवृद्धि गर्न जरुरी रहेको बताए । आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै सहमति, सहकार्य, एकताको मिलन बिन्दुमा रही सबैसंग सदभाव, भाईचरा कायम गर्दै अगाडी बढन सबै काँग्रेसजनमा आग्रह समेत नेता पराजुलीले गरेका थिए ।
नेपाल प्रेस यूनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष रेशम तिवारी, प्रदेश २ पत्रकार महासंघका निवर्तमान सचिव गुरुप्रसाद गौतम, प्रेस यूनियन बाराका संस्थापक अध्यक्ष सत्यप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव साजिर मंसुरले गरेका थिए ।