संविधान दिवस दुई प्रमुख पार्टीले सिमरामा गरे दीप प्रज्वलन

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । संविधान दिवसको अवसर पारेर सिमरामा दुई प्रमुख पार्टीले दीप प्रज्वलन गर्दै खुशियाली मनाएका छन् । नेपाली काँग्रेस जीतपुरसिमरा नगर समिति र नेकपा एमाले जीतपुरसिमरा नगर समितिले छुट्टाछुट्टै दीप प्रज्वलन कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् ।

सिमराचोकमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूले दीप प्रज्वलन गरेको कार्यक्रममा नेपाली काँग्रेसका मेयरका प्रत्यासी कृष्णव्रत सिंह, नेपाल महिला सँघकी केन्द्रीय सदस्य नारायणी रायमाझी, नगर सभापति श्यामबाबु गुप्ता, नगर सचिव सुसिल ढोडारी, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी, पूर्व नगर सभापति छविलाल शर्मा, वडा नं १ का वडा सभापति रामबहादुर अधिकारी, वडा नं २ का वडा सभापति दीपक शर्मा, रीता रिजाल लगायतको उपस्थिति रहेको थियो ।


त्यसैगरी नेकपा एमालेले सिमरा चोकमै दीप प्रज्वलन गरी संविधान दिवस मनाएको हो । कार्यक्रममा साविक पिपरा सिमरापूर्व गाविस अध्यक्ष भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडा सदस्य धनबहादुर श्रेष्ठ, राजेन्द्र गौतम, ताराबहादुर कार्की, आरिफ हुसेन, राजु गौतम, रवीन्द्र खकुरेल, राजकमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content