निजगढ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद एक जिल्ला बाहेक सबैमा समाधान भएको छ । विवाद समाधान भएसगै अब क्रियाशील सदस्यता छानविन समितिले आज सोमबार अबेरसम्म नाम सार्बजनिक गर्ने तयारी गरेको छ । रसुवाको भने सहमति भई नसकेको नेताहरुले बताएका छन् ।
नाम सार्वजनिक हुन नसकेको २० जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान भएसगै निर्वाचनको कार्यतालिका परिर्वतन नहुने भएको छ । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई नाम सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो ।
नेताहरुले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरुलाई दिइएको छ ।
प्रदेश २ को सबै विवाद टुंगियो
प्रदेश २ का आठ वटै जिल्लामा विवाद भएपछि क्रियाशील सदस्यता सार्वजनिक हुन सकेको छैन । प्रदेश २ का बारा बाहेक सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ । बाराको पनि विवाद मिलिसकेकोले आज सोमबारसम्म क्रियाशील सदस्यको नाम वेवसाइटमा इन्ट्री गरेर सार्वजनिक गर्ने तयारी समितिको रहेको बताईएको छ ।
सदस्यतामा विवाद पहिल्यै सकिएको भएपनि कार्यान्वयनमा विवाद भएपछि प्रदेश २ को सदस्यता विवाद मिलेको थिएन । बारा लगायत सबै स्थानको काम सम्पन्न गरेर नाम सार्वजनिक गर्ने जनाईएको छ ।
सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् । वडा अधिबेशन ५ असोजमा शुरु हुन्छ र नगर अधिबेशन अघि सबैले वडा अधिवेशन सम्पन्न गर्ने गरी काम अघि बढाउने र कार्यतालिका अनुसार नै काम गर्ने बताएका छन् ।
बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरि पुरानेबाट वडाअधिबेशन हुने भएको छ । निर्वाचन क्षेत्र–२ को विवाद देखिएको १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने भएको छ । बाराको कम विवाद भएको क्षेत्र नं. ३ को कलैया उपमहानगरपालिकामा भने केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ ।
रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो । त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरेका छन् । ‘१३ औं महाधिवेशनका २१६ क्रियाशील सदस्यता संख्या केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयपछि केन्द्रबाट हटाइएको थियो, अब ती संख्या फेरि थप गर्ने सहमति भएको छ ।
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र– ४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका – १ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ । क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् । अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनपछि प्रक्रिया पुर्याएर दिने सहमति ती नेता रहेको कार्यदलले सहमति गरेको छ ।
के थियो सदस्यता विवादमा छानविन समितिले बारामा गरेको निर्णय
बाराको १ र ४ नंं. निर्वाचन क्षेत्रका सबै वडाहरुको नयाँ कृयाशिल सदस्यता विवादित भएपछि छानबिन समितिले १३ महाधिबेशन र सो अघिका नविकरणबाट मात्र महाधिबेशनमा सहभागी गराउने र नयाँलाई महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको थियो ।
कृयाशिल सदस्यता छानविन समितिले बाराको विवादित १६६ जनाको फारम १४ औ महाधिबेशनमा स्थगित गरी महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको थियो ।
बाराको कम विवादित क्षेत्र निर्वाचन क्षेत्र ३ फेटा वडा नं. ७, कलैया वडा नं. १४ , जीतपुरसिमरा वडा नं. १४ को नयाँ कृयाशिल सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी बाराकै प्रतिनिधि सभा क्षेत्र नं. २ मा पचरौता वडा नं १,२,६,७,८,९ , सुवर्ण गाउपालिका वडा नं. २ ,३,४ , देवताल गाउपालिका वडा नं. ४, महागढीमाई वडा नं. १ , २, ४, ६,७, र करैयामाई वडा नं. २ र ५ को नयाँ सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नविकरणमा छुट भएका प्रतिनिधि सभा , राष्ट्रिय सभा, र स्थानीय तहका जनप्रतिनिधिको सदस्यता नपाएको अबस्थामा प्रमाण सहित आएमा सदस्यता केन्द्रले दिने निर्णय समेत छानविन समितिले गरेको थियो ।
नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।
नेपाली काग्रेस बाराको ४५ दिनदेखिको धर्ना अन्त्य, विवादित स्थानमा पुरानैबाट महाधिबेशन
केपी ओलीले गरेको हिमालयन बलन्डरको कार्वाहीको भागिदार हुनुपर्छ ः नेता पराजुली