निजगढ । संविधान दिवसको अबसरमा बाराको निजगढ लगायत बारा जिल्लाभरीनै बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा स्थीत बम्हकुमारीले ब्यबस्थापन गर्दै आएको पिस पार्क परिषरमा ब्रह्माकुमारीजद्वारा राष्ट्रिय झण्डा पहराइउने कार्यक्रम सम्पन्न भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले राष्ट्रिय झण्डा फहराउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रजिअ कटुवालले सबिधान दिबसको अबसरमा शुभकामना दिदै धार्मिक आस्था र सत्कर्मका बारेमा बताउनु भएको थियो । कार्यक्रममा पूर्व कृषिमन्त्री ज्वाला कुमारी साह , ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्ज क्षेत्रकी प्रमुख संचालिका रविणा लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा प्रदेश नं. २ ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक हिमाल श्रेष्ठ , शसस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मनोज थापा, तराई सिमरा अस्पतालका डा. रविन्द्र कुमार सिंहलाई सो अवसरका दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १६ का अध्यक्ष केदारनाथ बजगाई, ब्रह्माकुमार राजु भाई, डुमरवाना कलेज प्रमुख राधेश्याम शिवाकोटी , गुणराज भाइ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा सेवाकेन्द्र द्वारा बृक्षारोपण, जनजागृति उच्च मा.वि.र बारा एकेडेमीमा अध्ययनरत ६ देखि १० सम्मका प्रथम ,द्वितीय र तृतीय हुने ३० जना छात्र–छात्राहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । बारा एकेडेमीका संचालक एवं संचारकर्मी हरिदेव खरेल ,अमृत वजगाई, कुन्ती पाठक , माधव मैनाली ,कृष्ण प्रसाद मैनाली लगायत स्थानीय सुरक्षाकर्मीको उल्लेखिय सभागिता रहेको थियो ।
निजगढ नगरपालिकाले नगरपालिका परिसरमा नेपालको नक्सा बनाउदै संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभ अवसरमा साँझ दीप प्रज्ज्वलन गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की लगायत कर्मचारीहरु मात्र उपस्थित रहेका थिए ।
त्यसैगरी बाराका अन्य सबै स्थानीय तहले समेत सबिधान दिबश बिबिध कार्यक्रम गरी मनाएका छन् ।
कलैयामा नगरप्रमुख राजेश राय यादबले राष्ट्रिय झण्डा फहराउने , दिप प्रज्वलन कार्यक्रम गर्दै २०७२ को सबिधान उत्कृष्ट सबिधान भएको बताउनु भयो ।
कोल्हबीमा नगरप्रमुख भरत भण्डारीको नेतृत्वमा प्रभातफेरी गरी सबिधान दिबश कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी महागढीमाई नगरपालिकामा पनि सबिधान दिबशका अबसरमा झण्डोत्तोलन, सलामी अर्पण कार्यक्रम गर्दै र सुरक्षकर्मीलाई सम्मान कार्यक्रम गरी सबिधान दिबश सम्पन्न गरेका छन् । नगरप्रमुख उपेन्द्र यादबले कार्यक्रममा धेरै बलिदानी पश्चात नेपाली काग्रेसकै अगुवाईमा आएको सबिधान उत्कष्ट भएकोले खुशियाली मनाउनु पर्ने बताए ।
बारागढीमा पनि सबिधान दिबश तीन दिनसम्म सरसफाई कार्यक्रम लगायत विबिध कार्यक्रम गरी मनाईएको छ । गाउपालिका अध्यक्ष देबदत्त बछारको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी लगायतको उपस्थिती रहेको थियो ।
विश्रामपुर गाँउपालिकामा झण्डोत्तोलन र दौड प्रतियोगिता गरी मनाईएको छ । गाउपालिकाका अध्यक्ष अमिरीलाल राउत पाल उपाध्यक्ष सुमित्रादेवी, प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
पचौरौतामा अनेरास्ववियु र युवा संघले बेनौली चौकमा दिप प्रज्वलन गरी सबिधान दिबस मनाएका छन् ।