सिमरा । श्रमिक वचत तथा ऋण सहकारी संस्था लिं सिमराको सम्पन्न ११ औँ बार्षिक साधारण सभाले बेनी तिमल्सेनाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा यमनाथ ओझा, सचिव रविशंकर केशरी, सहसचिव मनहरी अधिकारी, कोषाध्यक्ष यमबहादुर क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरूमा सङ्गीता कुमारी लामा, मिठु बस्नेत, राजकुमार प्याकुरेल, प्रेम बस्नेत, बिमला बस्नेत, भीम सापकोटा, नारायण खतिवडा, केशवप्रसाद सुवेदी र पार्वती नेपाल निर्वाचित भएका हुन ।
एक हजार ८ सय शेयर सदस्य रहेको श्रमिक साकोसका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्ष्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री,सप्तरङ्गी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु अधिकारी, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुशुधन सिटौला, सङ्गालो साकोसका अध्यक्ष शालिकराम अधिकारी, स्थानीमाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष माधव त्रिपाठी, पत्रकार विदुर खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ लेखा परीक्षक नारायण पण्डित, लेखा समिति सदस्य ठूलाकाजी थापा लगायतको उपस्थिति रहेको थियो ।