नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा राजेन्द्र कुमार कार्की

तराइ संचार
तराइ संचार 837 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा राजेन्द्र कुमार कार्की मनोनित भएका छन् ।

असोज २ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाले कार्कीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । बारा जिल्लाको आधिकारिक ट्रेड युनियन बारा अध्यक्ष समेत रहेका कार्की जीतपुरसिमरा उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालयमा लेखा अधिकृतकारुपमा काम गर्दै आएका छन् । बारामा यस अघि जनस्वास्थ्यमा कार्यरत मन्जुलता कुशवाहा केन्द्रिय सदस्य थिईन । भेलासगै बारामा दुई केन्द्रिय सदस्य भएका छन् । एमाले फुटपछि संगठनले पुनर्गठन गरेको हो ।

कार्कीले कर्मचारीको हक अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । संगठनले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

भेलाले संघ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । संघीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

भेलाको उद्धघाटन पार्टी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content