संसारको सबभन्दा लामो मोटरसाइकल

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

एक भारतीयले २६.२९ मिटरको मोटरसाइकल बनाएर गिनिज बूकमा आफ्नो नाम दर्ता गराएका छन् । भारतको गुजरातमा बस्ने भरत सिंह परमारले लगभग ८६ फीट तीन इन्चको मोटरसाइकल बनाएर कीर्तिमान कायम गरेका हुन् । यो मोटरसाइकलको परीक्षण गर्न गिनिज बूकको टोली गुजरात आएको थियो । भरत सिंहले टोलीका अगाडि मोटरसाइकल चलाएर छक्क पारिदिए अनि उनीहरूले यसलाई सबभन्दा लामो मोटरसाइकलका रूपमा दर्ता गरिदिए ।  यसअघिको लामो मोटरसाइकल अहिलेको भन्दा लगभग १३ फीट छोटो थियो ।  जति लामो भएपनि यसमा थुप्रो मान्छे राखेर कुदाउन मिल्ने चाहिँ होइन ।

शेयर
प्रतिक्रिया
Skip to content