प्रदेश नं. २ मा पोखरीमा डुबेर छ जनाको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । प्रदेश नं. २ मा अहिले पोखरीमा डुबेर मृत्यु हुने क्रम बढदै गएको छ । बिगत तीन दिनमा प्रदेश नं. २ मा पोखरीमा डुबेर छ जनाको मृत्यु भएको छ ।

 

आज धनुषामा पोखरीमा डुबेर आमा–छोराको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताएका छन् ।

माछा मार्न गएका निजगढका एक पुरुषको डुबेर मृत्यु

त्यस्तै बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित सुकेपोखरीमा माछा मार्न गएका एक पुरुषको दुई दिन अघि डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर २ का वर्ष ३४ का तिर्थलाल कुवर कछडिया रहेका छन ।

 

त्यसैगरी रौतहटको देवाही गोनाही नगरपालिका स्थित पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यानगएको २४ घन्टा नबित्दै पÞmेरि जना बालिकाको डुबेर मृत्यु भएको हो । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच करमहियाका स्थानिय मोहन साहको छोरी अढाई बर्षकी ज्योति कुमारी साहको मृत्यु भएको थियो ।

यस अघि देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ यादवको निर्माणधिन पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको हो। घोंगी लिन पोखरिमा गएकी कटहरिया नगरपालिकाको वडा नम्बर ६ का १० बर्षिय निशु कुश्वाहा र बृन्दावन नगरपालिकाको वडा नम्बर २ का १४ बर्षिय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

बर्षायाममा नदि,पोखरी र घर छेउछाउमा पानी जमेको हुन्छ । यो समयमा अभिभावकले आआफ्ना बालबालिका माथी निगरानी नगरेकै कारण यस्तो दुःखद घटना भैरहेको प्रहरीले जनाएको छ । वर्षा र बाढिको समय स्थानीबासीले आफ्नो छोराछोरीको रेखदेख गर्नु पर्ने प्रहरीको सुझाव छ ।

शेयर
प्रतिक्रिया
Skip to content