सिमरा । नेपालमा संविधान जारी भएको ०७२ असोज ३ गतेका दिनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बारा र उसको बिभिन्न संगठनले कालो दिनकोरुपमा मनाएको छ ।
केन्द्रिय अध्यक्ष महन्त ठाकुरले पहिले जसै गरी बिरोधको कार्यक्रम गर्न निर्देशन भएपछि अधुरो संविधान भन्दै बारा क्षेत्र नं. ४ प्रसौनीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बारा क्षेत्र नम्बर ४ख ले बिरोधको कार्यक्रम गरेको हो ।
संविधान दिवसमा निजगढ लगायत बारा जिल्लाभरी बिभिन्न कार्यक्रम गरी सम्पन्न
मधेशी एकता जिंदाबाद, मधेश विरुद्धको संविधान मुर्दाबाद, असोज ३ कालो दिन भन्दै नारा जुलुश गरी बिरोध प्रर्दशन गरेका हुन ।
बिरोध प्रदर्शनमा प्रसौनी गाँउपालिकाका अध्यक्ष भोला गुप्ता, परवानीपुर गाँउपालिकाका अध्यक्ष हरिनारायण रौनियार लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर बारा लगायत देशभर संविधान दिवस मनाइँदै गर्दा केही स्थानमा भने बिरोधको कार्यक्रम भएको हो ।