सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ सिमरा निवासी कृष्ण बहादुर थापालाई दुई करोड बिस लाखको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।
घरजग्गा , रियल स्टेट हाउजिग खरिदबिक्री ब्यबसाय गर्दै आएका थापा पछिल्लो समय कारोबार बिग्रिएपछि रकम तिर्न नसकी फरार हुदै आएका थिए ।
काठमाण्डौ बुढानिलकण्ठ नं.पा. वडा नं.८ घर भई हाल बारा सिमरा बस्दै आएका थापालाई रबिन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले बिगो रु एक करोड पच्चिस लाख र १७ दिन कैद सजाय सुनाएपछि फरार हुदै आएका थापालाई महानगरीय अपराध महाशाखा बानेश्वर काठमाण्डौले बारा र पर्सा प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
रबिन्द्र थापाकै जाहेरीले अदालतको आदेशले प्रतिवादी थापालाई विगो पचहत्तर लाख जाहेरवालालाई भराई विगो बमोजिम जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो । साथै अर्का वादी राजन श्रेष्ठ रहेको चेक अनादर सम्बन्धि मुद्दामा मिति २०७३ माघ ६ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसला बमोजिम थापालाई रु सत्र लाख र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेकोले २०७५ असोज १९ गते काठमाण्डौ जिल्ला अदालतको आदेशले १ वर्ष कैद सजाय फैसला भई हाल फरार रहेका थापा पक्राउ गर्न सफल भएको महानगरीय अपराध महाशाखा बानेश्वरका प्रहरी उपरिक्षक कृष्ण पगेनीले बताउनु भयो ।
विभिन्न ब्यक्ती र पटक पटक गरी थापालाई दुई करोड बिस लाख भन्दा बढी बिगो भर्नु पर्ने भएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको र अदालतले डिल्ली बजारस्थित कारागार पठाएको प्रहरी उपरिक्षक पगेनीले बताउनु भयो । उपरिक्षक पगेनीले बारामा बस्दा समेत उत्कृष्ट काम गरी सम्मानित भएका थिए ।
उल्लेख्य कार्य गर्दै बाराबाट सरुवा भए प्रहरी उपरिक्षक कृष्ण पंगेनी