कलवार समुदायका कुल देवता बलभद्र भगवानको भव्य पुजा सम्पन्न

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

श्याम गुप्ता
बारा । कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवता बलभद्र भगवानको सोमवार भव्य रुपमा सामुहिक पुजाको आयोजना सम्पन्न भएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा आयोजित पुजा , कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष राजाराम चौधरीको सभापतित्व र उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारको नेतृत्वमा आयोजनामा झाकी जुलुश कलश सहित पुजापाठ गरेर सम्पन्न भएको हो ।


सामुहिक पुजाको जजुमानको रुपमा स्थानीय कल्वार समुदायका मिन्जु प्रसाद कलवार र उनकी पत्नीले पुजाको अवधी भर उपवास चौका बसी पुजा सम्पन्न गरेका थिए । प्राचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहदै आएको विश्वास गरी आजकै दिन पुजा पाठ गर्दै यो पर्व मनाउने गरिएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेका छन् ।

बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बारे बताउँदै बलभद्र भगवानलाई भात , बिषेश किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउँने प्रचलन रहेको छ । उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।

पुजा आरम्भ गर्नु अघि यो समुदायले बाजागाजा र घोडाको घोडदौल सहिँत शोभा यात्रा पनि निकालेको थियो । सयौंको संख्यामा रहेको श्रद्धालु भक्तजनहरुको सहभागितामा पुजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरी पुनः पुजा स्थलमा फर्किएर बिधिवत पुजा आरम्भ भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content