निजगढ चोरतस्करको केन्द्र बन्दै , प्रहरी निस्कृय, बारामा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना आएन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढ चोरतस्करको केन्द्र बन्दै गएपनि प्रहरी निस्कृय बनेको आरोप स्थानीयले लगाएका छन् । नजिकिदै गरेको चाडपर्वहरुको समय पारेर स्थानीयस्तरमा चोरीतस्करी बढ्दै गएपनि प्रहरीले सुरक्षा गस्ती बढाउन नसकेको कारणले चोरी बढ्दै गएको हो । चाडपर्व नजिकिएसगै प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न चाडपर्व लक्षित सुरक्षा योजना नबनाएका कारण चोरीतस्करी बढदै गएको स्थानीयको आरोप छ ।

बाराको निजगढ–५ महेन्द्र तिमल्सिनाको घरबाट गएराती तीन वटा बाख्रा चोरी भएको छ । बाराको निजगढ ६ सडकटोल निवासी बिक्रम बन्जाराको किराना पसलमा दुईदिन अघि नगद ६० हजार सहित सामाग्री चोरी भएको छ । त्यस्तै भर्खरै निजगढ ६ कै विमला अधिकारीको किराना पसलबाट ब्याट्री र सामाग्री चोरी भएको छ । निजगढ ६ कै मिना अधिकारीको किराना पसलबाट रिचार्जकार्ड र अन्य सामाग्री सहित चोरी भएको छ । निजगढ ६ कै गोबिन्द दहालको घरबाट चौकड ८ पिस चोरी भएको छ । दुई दिन अघि निजगढ ६ बाट एक र निजगढ ५ खड्काको नयाँ एक मोटरसाईकल चोरी भएको छ । निजगढ ५ का ओम प्रसाद चौलागाईको राजमार्गमा राखेर घाँस काट्ने क्रममा मोटरसाईकल भर्खरै चोरी भएको छ ।

यी त जानकारीमा आएका केही उदाहरण मात्र हुन । बाराको सुरक्षाको दृष्टीले सुरक्षित मानिएको निजगढमा एक हप्ताका बिचमा दिनैपिच्छे अनगिन्ती चोरीका घटना भईरहेपनि स्थानीय प्रहरी निष्कृय बनेको आरोप स्थानीयले लगाएका छन् ।

चाडपर्व नजिकिएसगै यस अघि पनि उचिडीमा रागाँ चोरी भएको थियो । पछि दुई पक्राउ परेका थिए ।

 

बारामा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना आएन

भारतबाट भन्सार छली चोरी पैठारी हुने क्रम पनि बढेको छ । चाडपर्वहरुको अवसर पारेर सक्रिय भएका व्यापारीहरुले भारतसँग खुला सिमाना भएका कारण भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्नेक्रम केही समय देखि बढेको स्थानीयहरुले बताएका छन् ।

बारा, पर्सामा खुला सिमानाका उपयोग गर्दै चाड पर्वलाई लक्षित गर्दै चोर र तस्करहरुको समूह सक्रिय भएपनि प्रहरीले अहिलेसम्म चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना बन्दै गरेको र केही दिनमै लागु गर्ने बताउनु भएको छ ।

 चाडपर्व शुरु भएर चोरी तस्करीका दैनिक द्दटना हुदै चोरको विगबिगि भएपनि प्रहरी र सुरक्षा निकाय सुस्त हुदा समाजनै आतंकित बनेको छ । गाईबस्तु , किराना पसल देखि खसीबाख्रा समेत चोरी तस्करी हुन थालेपनि प्रहरीले शंकास्पदहरुको निगरानी परै जाओस रात्रीको समयमा चाडपर्वमा गर्नुपर्ने गस्ती समेत गर्न छाडेको स्थानीयको आरोप छ ।  प्रहरी तदारुकता र कारबाही तिव्र हुन नसक्दा मानिसहरु त्रसित बनेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी मिश्रले गस्ती एम्बुसिङ, जनशक्ती परिचालन सबै सुरक्षा निकाय परिचालन लगायतको चाडपर्व बिशेष सुरक्षा योजना लागु गरी चोरी तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content