निजगढ । सक्रिय सदस्यताको लामो रस्साकस्सी पछि धेरै विवाद देखिएको बाराको विवाद अन्त्य भएको छ । नेपाली काग्रेसको धेरै विवाद देखिएको बारा क्षेत्र नं. १ को सदस्यता आज दुवै पक्ष बसेर रुजु गरेपछि विवाद अन्त्य भएको छ ।
नेपाली काग्रेस केन्द्रिय कार्यालयमा बाराको सदस्यता छानविन समितिले दिएको प्रतिबेदनका आधारमा सहमति गर्दै आज सबै क्षेत्रको सदस्यता दुवै पक्ष बसेर रुजु गरेसगै विवाद अन्त्य भएको हो । भोली साँझसम्म नाम कम्युटरमा समाबेश भई सार्वजनिक हुने नेपाली काग्रेस बारा क्षेत्र नं. १ का क्षेत्रिय सभापति समेत रहेका सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजय शंकर यादबले बताए ।
बाराको सम्बन्धित क्षेत्रका क्षेत्रिय सभापति र आन्दोलनरत पक्ष बसेर छानविन समितिको सहमति अनुसार नाम रुजु गर्ने काम क्षेत्र नं. ३ र ४ को हिजै सकिएपनि आज १ र २ को रुजु भएसगै भोलीबाट कम्युटर ईन्ट्री गरी नाम सार्बजनिक हुने यादबले बताए । सबैभन्दा बढी विवाद रहेको बाराको विवाद हटेसगै अब बारामा पनि पाटीको महाधिबेशन र चुनाबी कार्यक्रम तिब्र हुने छ ।
यता सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन गर्ने सहमति गरेको छ । दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल गर्ने सहमति भएको बताईएको छ ।