जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन्छु ः प्रजिअ कटुवाल

तराइ संचार
तराइ संचार 854 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गरेका छन । पत्रकारहरु संगको भेटघाट कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयको आफनै कार्यकक्षमा बुधवार सम्बोधन गर्दै प्रजिअ कटुवालले यस्तो बताएका हुन । नागरिकको जीवधनको रक्षाका लागि प्रहरी प्रशासन कटिवद्ध रहेको उनले बताए ।

बिभिन्न अपराधहरु जस्तै बलात्कार, हत्या, हिंसा, चोरी, डैकती, तस्करीलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले रातदिन लागि लागीरहेको बताउदै गलत गर्नेहरुलाई कुनै छुट नहुने प्रजिअ कटुवालले बताए । जिल्लाको बिभिन्न कार्यालयहरुमा प्रवाह हुने सेवामा कुनै किसिमको कमी कमजोरी हुन नदिनका लागि मातहतका निकायहरुलाई निर्देशन दिईसकेको उनले बताए । बिना मोलमोलाईजा सहज रुपमा सेवा प्रवाह गर्नका लागि कुनै प्रकारको कन्जुसयाई नगर्ने बताए ।

आफु कसैको दवाव र प्रभावमा नपरी कानुन बमोजिम कामकाज गर्ने बताउदै बिधीको शासन कायम गर्ने गराउने अभिभरालाई पुरा गर्न सधै अग्रसर रहने प्रजिअ कटुवालले बताए । मदिरा उत्पदानको नियन्त्रण, अवैध उत्खनन नियन्त्रण, बेचबिखन, लागु औषध ओसारपोसार जस्ता काममा प्रहरी चनाखो हुनुपर्ने बताउदै प्रजिअले गलत बाटोमा लागेकाहरुलाई सही बाटोमा ल्याउनका लागि प्रहरीको भुमिका संगसंगै समाजको सहयोग हुनु पर्ने बताए ।

भष्टाचार निस्तेज गर्न, सुशासन कायम गरी जिल्लालाई समृद्ध जिल्लाको रुपमा बिकास गर्नका लागि सबै क्षेत्रको सहयोग महत्वपुर्ण हुने बताउनु भयो । प्रजिअ कटुवालले बिकास उन्मुख जिल्ला बनाउनमा सबै जिल्ला बासीहरुलाई मिलेर जानुको बिकल्प नरहेको प्रष्ट पारे ।

२०४५ सालमा अस्टिेन्टबाट सेवा सुरुवात गरेका प्रजिअ कटुवाल दार्चुला, हुम्ला, अर्घाखाची, सप्तरी, सर्लाही, महोतरीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्दै अहिले बाराको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन । पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक दिपेन्द्र शाही, राष्ट्रिय अनुसंन्धानका प्रमुख रिवेन गच्छेदार लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content