कक्षा ८ मा पढने २८जना छात्रालाई साईकल प्रदान

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर १६ उतर झिट्कैया गाउँमा रहेको निमाबि अधारभुत बिधाल्यमा अध्यनरतm कक्षा–८ की २८ छात्रा लाई साइकल बितरण गरिएको छ । मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तरगत संविधानसभा सदस्य प्रमोद गुप्ताको प्रमुख अतिथ्यिमा सो साइकल बितरण गरिएको थियो ।

सो कार्यक्रममा वडाअध्यक्ष शेषनाथ साह, जसपा प्रदेश २ का उपाअध्यक्ष सुसिल यादव, कलैया उपमहानगरपालिकाका अध्यक्ष शिवनाथ पटेल, प्रधानाध्याप्क सहदेव महतो, समाजवादी यूवा संघका जिल्ला अध्यक्ष सुजित पाण्डेय, लगायत स्थानिय पार्टी प्रतिनिधि, भद्रभलादमि तथा अभिभावकहरुको उपस्तिथि रहेको थियो ।, साईकल पाउनेहरुमा जेहन्दार, अति गरिब, पिछिडिएका समुदाय, एवम दलित समुदायकाका रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य गुप्ताले तराई मधेसका जिल्लाहरुमा छोरीबेटीहरुलाई पठाउनमा अभिभावकहरुले आनाकानी गर्ने गरेको अवस्थालाई मध्यनजर गर्दै पठाई गर्नका लागि स्कुल सम्म सहज रुपले साईकलको माध्यमबाट छिटो पुग्नमा सहयोग हुने भएको हुदा साईकल प्रदान गरिएको बताए । उनीहरुको हौसला बुलन्द गर्नुको साथ साथै पठाईमा पनि रुची जगाउनका लागि पनि छात्राहरुलाई साईकल प्रदान गएिको जसपाका नेता समेत रहनुभएका गुप्ताले जानकारी दिए ।

 

शेयर
प्रतिक्रिया
Skip to content