बारा । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले काठघाट जाने सडक खण्डबाट अवैध लागू औषध गाँजा सहित एक पक्राउँ गरेको छ ।
गस्तीमा रहेको निजगढ प्रहरी जितपुरसिमरा उ.म.न.पा.वडा नं.१६ स्थित पुर्व–पश्चिम राजमार्ग काटघाट जाने बाटोमा गाँजा बोकी आएका तस्करहरूले प्रहरी टोलीलाई देखी गाँजाको बोरा फाली भाग्ने क्रममा टाङगिया बस्ने बर्ष ४१ को रुक बहादुर रुम्बालाई पक्राउ गरेको हो निहरुको साथबाट ४ बोरा ८३ किलो ग्राम अवैध लागू औषध गाँजा र बा ३७ प ९६८१ नं. को मोटरसाइकल र साइकल एकथान समेत बरामद गरेको छ ।
अन्य व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी पक्राउ गर्ने लगायतको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता गौतम मिश्रले प्रस विज्ञप्ती मार्फत जनाउनु भएको छ ।