अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

तराइ संचार
तराइ संचार 802 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा वडा नं.२२ चकरी टोल र वडा नं. १८ लामी डाँडा टोल, फेटा वडा नं. ३ स्थित संचालन रहेको २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गर्नुको साथै तयारी र कच्चा पदार्थ गरी ठुलो परिणमको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

तयारी मदिरा २००० लिटर र कच्चा पदार्थ करिब ह हजार पाँच सय लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content