बृहत सरसफाई कार्यक्रम सम्पन्न

तराइ संचार
तराइ संचार 876 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार महागढीमाई नगरपालिका बारा तथा जिल्ला प्रहरी कार्यालय बारा समेतको संयुक्त आयोजनामा महागढीमाई नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षता एवं जिल्ला प्रशासन कार्यालय बाराका प्रजिअ कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्य सम्पन्न बृहत सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेपाली सेना, सस्शत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थयकर्मी, संचारकर्मी, स्थानिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो । महागढीमाई नगरपालिका वडा नं. १ महागढीमाई मन्दिर परिसर तथा पोखरीको बृहत सरसफाई सम्पन्न भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content