निजगढ । नेकपा एमाले बाराका प्रभावशाली नेता पुरुषोत्तम पौडेल अन्तत आफनै पुरानो पार्टी केपी ओलीको एमाले कित्तामा उभिएका छन् । पुर्व सांसद एव मन्त्री समेत भई सकेका पौडेल यस अघि माधव झलनाथ खनालको नेकपा समाजवादीका केन्द्रिय सदस्य थिए ।
बारामा प्रभावशाली र पकड जमाएका नेता पौडेल समाजवादी पर्टी दर्ता हुदै देखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन । सार्वजनिक कार्यक्रममा नदेखिएपनि पौडेल केही समय यता निर्वाचित जनप्रतिनिधिहरु समाजवादीमा जान रोक्न भित्रभित्र लागि परेका कारण धेरै जनप्रतिनिधी एमालेमै रहेको चर्चा छ ।
कुनै समय केपी ओलीको आलोचक मानिने पौडेलले शनिबार फेसबुकमा आफनो धारणा सार्वजनिक गर्दै आफु एमालेमा रहने कार्यकर्तामा स्पष्ट पारेका हुन ।
मुल पार्टीबाट एमाले छाडेर समाजवादीमा गएका केन्द्रिय सदस्यको ठाउमा नेता पौडेलले स्थान पाएको चर्चा छ । त्यसकासाथै आगामी नजिकिदै गरेको निर्वाचनमा आफनो स्थान सुरक्षित गरेरनै नेकपा एमाले रोजेको चर्चा समेत कार्यकर्तामा छ । बाराको निर्वाचन क्षेत्र नं. १ निजगढलाई कर्म क्षेत्र मान्दै आएका पौडेल क्षेत्र परिवर्तन गरेर अर्को क्षेत्रमा जान्छन की १ मै निर्वाचनमा लड्छन हेर्न बाँकी छ । एमालेमा क्षेत्र नं. १ मा केपी ओलीका विश्वासपात्र हाल केन्द्रिय सदस्य र पहिलेपनि थोरै मतले पराजित अच्युत मैनाली छन् ।
के लेखे त पौडेलले फेसबुक स्टाटस
राजनिती विचारको आधारमा गरिने गर्दछ । राजनितीलाई विधिले निर्देशित गर्नु पर्छ । विचार र विधीको आधारमा चल्ने नेतृत्वले मात्र अशल राजनितीक संस्कार वसाउन सक्छ । अहिले राजनितीमा देखिएको निर्णयमा मनपरितन्त्र , संगठनमा अराजकता र विचारमा केवल गाली(गलौज जस्ता कुरा सहज तथा स्वीकार योग्य छैनन । यसले राजनितीमा खस्किरहेको वैचारीक स्तर र गाली(गलौज संस्कृतिलाई मात्र उजागर गरिरहेको छ । सारमा स्खलीत हुदै गएको विचारको राजनितीलाई पुनस्र्स्थापीत गर्नु नै आजको प्रमुख चुनौती हो ।
कुनै पनि पार्टीमा लाग्ने, नलाग्ने र छुट्टीने हरेक व्यक्तिको निजी मामिला हो । हरेकले कतै लाग्न र छुट्टीन पाऊछ । कतै लाग्यो भनेर खिसी ट्युरी गर्नु , गाली(गलौज गर्नु र आफुतिर लागेन भनेर तेजोवध गर्नु अशल संस्कार हुदै होईन । खास परिस्थिति मा मान्छेले आफ्नो व्रह्मले देखेको निर्णय गर्दछ । त्यो उसको नैसर्गिक अधिकार हो । हरेक व्यक्तीलाई आफ्नै विवेकले निर्णय गर्न दिनु पर्दछ र उसको निर्णयलाई सवैले सम्मान गर्न सक्नु पर्दछ । यो नै अशल लोकतान्त्रिक संस्कार र चरित्र पनि हो ।
आज नेकपा एमालेका सदस्यहरूको सामुन्ने आफ्नै पार्टीको वारेमा निर्णय गर्ने अवस्था आई परेको छ । आफुले मेहनत पूर्वक वनाएको पार्टी भित्र वसेर विकृति तथा विसङ्गत विचार संग लड्दै अघि वढ्ने अथवा अलग भएर पार्टीलाई विग्रनको लागी छोडि दिने रु यो प्रश्नले धेरैलाई सताई रहेको होला । निस्चित रूपमा हामीले पार्टीलाई सम्भव भए सम्म सुध्द र सुदृढ वनाऊने अठोट सहित शपथ खाएर आएका हौ । यसमा पुनर्विचार गर्ने नगर्ने हरेक व्यक्तिको स्वविवेकको कुरा हो ।
विगतका धेरै दिनहरू हामीले पार्टी भित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउदा उठाउदै विताएर आएका छौ । मैले पनि ४३ वर्ष देखी यसै पार्टीमा सकृय राजनितीक जीवन विताई सकेकोले आफ्नो कर्मभूमी र मूल पार्टी लाई एकिकृत गर्ने पक्षमा निर्णय गरेको हु । अहिले आत्मगत आग्रह भन्दा वस्तुगत परिस्थीतीलाई हेर्नु पर्ने हुन्छ । वस्तुगत परिस्थीतीले अलग पार्टी वनाएर शक्तिलाई विभाजन गर्नु भन्दा पार्टी भित्रै वसेर समस्याहरूको समाधान गर्दै अघि वढ्ने प्रयास गर्नु वढि उपयुक्त देखाउछ । विभाजन तिर लाग्नु भन्दा आफुले जगै देखी उठाएको पार्टीलाई अझै मेहनत साथ सुध्दीकरण र सुदृढिकरण गर्दै अघि वढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तीहरूलाई खेल्ने अवसर दिनु भन्दा हरेकले आफैलाई सच्याएर अघि वढ्नु सर्वथा उचित हुने स्पष्ट छ ।
यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले निर्णय गर्नु पर्दछ । मेरो विवेकले पार्टी र एकताको पक्षमा निर्णय गर्न प्रेरित गरिरहेको छ । मेरो यो निर्णय आफ्नो निर्णय हुन्छ यो आफ्नै लागी हुन्छ । मेरो यो निर्णय कतिलाई उचित र जायज लाग्न सक्दछ । कतीपयलाई यो अनुचित र ननिको लाग्न पनि सक्दछ । जे जस्तो लागे पनि यो मेरो निर्णय र विचार हो । तसर्थ आज सम्म मलाई सहयोग, समर्थन र श्रध्दा प्रकट गरी आउनु भएकोमा सवैलाई धन्यबाद दिन चहान्छु । मलाई सारो गारो मा सल्लाह, सुझाव र टिप्पणी गरेर सहयोग गर्नु हुने मित्रहरूलाई भित्री मनवाट शुभेच्छा प्रकट गर्न चहान्छु । आगामी दिन हरूमा समेत यथेष्ठ सल्लाह, सुझाव, आलोचना, र टिप्पणी सहित सहयोग गरी रहनु हुनका लागी सवै मित्रहरूमा विनम्र आग्रह गर्दछु ।।।
समाजवादीमा बाराका थप दुई सभासद, एक कार्यपालिका सदस्यको सनाखत, पुर्व मन्त्री पुरुषोत्तम पौडेल कता ?
सरकारले खेल क्षेत्रमा पर्याप्त ध्यान पुराउन सकेको छैन – पुर्वमन्त्री पौडेल
स्थानीय सरकारको मापनमा खेल भएपनि उचित प्राथमिकता पाएन – पूर्व मन्त्री पौडेल