पत्रकार विदुर खड्कालाई एक समारोहबिच सम्मान

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल पत्रकार महासंघका सदस्य पत्रकार विदुर खड्कालाई एक समारोहबिच सम्मान गरिएको छ । घण्टीमाई वचत तथा ऋण सहकारी संस्थाले पत्रकार खड्कालाई यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्मान गरेको हो ।

मानवअधिकारकर्मी समेत रहेका खड्कालाई खड्कालाई संस्थाले उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद रु २ हजार ५ सय सहित सम्मान गरेको हो । डुमरवाना बारा स्थायी घर भएका खड्का सामुदायिक लगानीमा सञ्चालित राष्ट्रिय विभुति बिद्यालयका अध्यक्ष लगायत दर्जनौ संघ सस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन् । संस्थाले आफ्नो नवौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका बिच पत्रकार खड्कालाई पुरस्कृत गरेको हो ।

पत्रकारीता पुरस्कारबाट सम्मानित भएपछि आफुलाई अझ थप जिम्मेवार महसुस भएको खड्काले बताउनुभएको छ । खड्कालाई महिलाहरुको जिवन उकास्न पत्रकारिताका माध्यमले गरेको योगदान सराहनिय रहेको बताउदै सम्मान गरिएको सस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभामा प्रमुख अतिथि नगरप्रमुख डा. कृष्ण पौडेल, विशिष्ट अतिथि उपमेयर सरस्वती देवी चौधरी, सतेन्द्र ठाकुर लगायतले मन्तब्य ब्यप्त गरेका थिए । नौ बर्ष प्रबेश घण्टीमाईले ६० लाख नाफा गर्दै १६ करोडको कारोबार गर्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content