निजगढ । इलाका प्रहरी कार्यालय निजगढले अवैध लागू औषध गाँजा सहित पक्राउँ गरेका रुक बहादुर रुम्बा निर्दोष रहेको रुम्बाका परिवारजनले बताएका छन् ।
बाराको निजगढमा आज आईतबार ईलाका प्रहरीमा ध्यानाकर्षणका लागि आएका रुम्बाका परिवार मात्र नभएर स्थानीय तथा राजनैतिक दलहरुले समेत रुम्बा निर्दोष रहेको बताए ।
आईतबार ईलाका प्रहरी कार्यालय आएर स्थानीय तथा परिवारजनले प्रहरी निरिक्षक शंकर प्रसाद चौधरीलाई जानकारी गराउदै निर्दाेष रहेको थप बुझन आग्रह गरेका हुन ।
गस्तीमा रहेको निजगढ प्रहरीले जितपुरसिमरा उमनपा १६ स्थित पुर्व–पश्चिम राजमार्ग काटघाट जाने बाटोमा गाँजा सहित साईकल सवार रुम्बा र अर्को एकलाई पक्राउ गरेको थियो । पक्राउ परेका एकलाई प्रहरीले केही समयपछि नै छाडे पनि रुम्बालाई भने पक्राउ गरी राखेको थियो ।
चार जनाको समूहमा रहेका गाँजा तस्करहरूको समूहले प्रहरी टोलीलाई देखी गाँजाको बोरा फाली भाग्ने क्रममा टाङगिया बस्ने बर्ष ४१ को रुक बहादुर रुम्बासगपनि कुरा गरेको देखिएकोले पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक शंकर प्रसाद चौधरीले बताए । यता रुम्बाकी श्रीमति सुनमाया रुम्बाले भने आफन्त सुनिता स्याङतान बिमारी भएपछि धामी जैतापुर कुसमाडीमा बोलाउन साईकलमा जादै गर्दा प्रहरीले पक्राउ गरेपनि निर्दोष रहेको बताईन । उनले आफना पति सामान्य घर बनाउने ज्याला मजदुरी गर्ने गरेको समेत बताईन ।
स्थानीय रमेश सापकोटाले रुम्बा सिधा ब्यक्ती भएको घर गाउँमा ज्यामी गर्ने गरेको बताउदै गाजा तस्कर नभएको बताए । प्रहरीले घटनास्थलबाट ४ बोरा ८३ किलो ग्राम अवैध लागू औषध गाँजा र बा ३७ प ९६८१ नं. को मोटरसाइकल समेत भेला पारेको छ ।