निजगढ । महिलाहरुका लागि प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । जितिया पर्वको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै बुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् ।
जितिया पर्वले पुत्रको दीर्घायुको कामना र सन्तानप्रति आमाको माया झल्काउने यस पर्वमा मुख्यमन्त्री राउतले शुभकामना समेत दिएका छन् । हिन्दु धर्मावलम्बी महिलाहरुले मनाउने यो एउटा कठोर ब्रत पनि हो ।