निजगढ । लोकतान्त्रीक समाजवादी पार्टि नेपाल, प्रदेश नं. २ को संसदिय दलको बैठक अहिले जारी यो समचार तयार पार्दा समेत जारी छ ।
जारी बैठकमा पार्टिका अध्यक्ष महंथ ठाकुर, बरिष्ट नेता राजेन्द्र महतो , अनिल झा, शरदसिंह भण्डारी लगायतका शिर्षस्थ नेताहरु समेत बैठकमा उपस्थित रहेको जनकपुरबाट रमेश शर्राफले बताए । एक बजे शुरु हुने भनिएको बैठक एक घण्टा ढिलो गरी २ बजेबाट शुरु भएको थियो । बैठकले पार्टीको संसदीय दलका नेता चयन गर्ने जनाईएको छ ।
संसदीय दलका नेतामा महन्त ठाकुर समुहबाट बाराका जितेन्द्र सोनल र राजेन्द्र महतोका भतिजा सर्लाहिका उपेन्द्र महतोबिच प्रतिस्पर्धा हुने देखिएपनि बाराका नेता सोनलको सम्भावना बलियो रहेको बताईएको छ ।
पुर्व मन्त्री समेत रहेका बाराका प्रभावशाली नेता सोनल तत्कालिन राजपा र समाजवादी पार्टि मिलेर बनेको जसपा फुटेपछि स्थापना भएको लोसपा नेपालको प्रदेशमा पहिलो पटक दलका नेता चयन हुन लागेको हो ।
सभामुख बाहेक लोसपामा कुल १६ जना प्रदेशसभा सदस्यहरुले दलको नेता चयन गर्नेछन् । आफ्नो मुल जनाधार भएको प्रदेश नं २ मा सरकारबाट निस्किए पछि लोसपा प्रदेशको मुख्य प्रतिपक्षि दल हो ।