एमाले बारामा अध्यक्ष देवनारायण चौधरी मनोनित पदाधिकारी परिवर्तन, बिनोद साहद्धारा पद अस्वीकार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल कम्युनिष्ट पार्टि एमाले जिल्ला कमिटि बारामा अध्यक्ष लगायत पदाधिकारी परिवर्तन भएका छन् । पार्टीलाई मजबुत बनाउन, १० बुद्धे सहमति , माओवादीबाट आएका तथा विभिन्न गुट, समुहका मानिसलाई मिलाएर लैजान बिभिन्न पदाधिकारीहरु मनोनित भएको अध्यक्ष ज्वाला साहले बताउनु भयो । नेकपा एमाले प्रदेश नं २ को कार्यदल पदाधिकारीको आज सोमबार जनकपुरमा सम्पन्न बैठकले बारा जिल्लामा ४ जना पदाधिकारी मनोनित गरेको हो ।

 १० बुद्धे सहमति अनुसार सुन्दर श्विकर्मा अध्यक्ष हुनुपर्ने भएपनि विकले समाजवादी रोजे पछि त्यसबेला देखिकै उपाध्यक्ष जीतपुर निवासी देवनारायण चौधरीलाई कार्यदलले अध्यक्ष बनाएको छ । अन्य पदाधिकारी भने समिकरण र पार्टीको आवश्यकतालाई मध्यनजर गरी मनोनयन गरिएको बताईएको छ । त्यसैगरी उपाध्यक्षमा बिनोद साहलाई मनोनय गरेको छ । यसअघि सचिव रहेका महम्मद समिर रहेका छन् । त्यस्तै गोबिन्द पौडेललाई सहसचिवको जिम्मेवारी दिईएको नेकपा एमाले प्रदेश नं. २ कि अध्यक्ष पुर्वमन्त्री साहले बताउनु भयो ।  साहको अध्यक्षतामा बसेको कार्यदलको बैठकले सो निर्णय गरेको हो।

अध्यक्ष बनाईएका चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं।४ बाट उम्मेदवार र उपाध्यक्ष साह कलैया उपमहानगरपालिकाको मेयर पदमा झिनो मतान्तरले पराजित भएका थिए ।

सचिव समिर भने यसअघि नेकपा माओवादीमा थिए । उनि माओबादीबाटै प्रदेश नं. २ को प्रदेशसभा समानुपातिक सदस्य थिए । एमाले र माओवादी बिभाजन हुंदा एमाले रोजेका अफरोजको पद खारेज भएको थियो । उपाध्यक्ष मनोनित भएका बिनोद साहले कार्यदलले गरेको निर्णय नमान्ने बताएका छन् । आफु प्रदेश प्रदेश कमिटि सदस्य भएपनि जिल्लाको उपाध्यक्ष पदमा मनोनित गरेको भन्दै नबस्ने बताएका छन । ‘आफुभन्दा जुनियरको अध्यक्षतामा उपाध्यक्ष पद स्विकार गर्न नसकिने बताएका छन् ।

साहले आफुलाई नसोधि निर्णय गरिएको बताउंदै बलबिर चौधरी अध्यक्ष बनाईए मात्र आफु उपाध्यक्ष बस्ने अन्यथा नबस्ने बताएका छन् । प्रदेश अध्यक्ष साहले भने बिनोदजिले पद अस्वीकार गर्ने भनेको कुरा आफुलाई जानकारी नभएको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content