निजगढ । दुई दिनभन्दा बढी लामो समय बिधुत सेवा अबरुद्ध हुदा निजगढ अन्धकार बनेको छ । बिधुत अबरुद्ध हुदा स्थानीय सञ्चार संस्था लगायत सम्पुर्ण कलकारखाना बन्द हुनु परेको छ । आईतबार साँझ आएको हावाहुरी र पानी आएपछि बन्द रहेको बिधुत झण्डै ३० घण्टापछि मंगलबार राती ८ः३० बजे सञ्चालनमा आएको हो । पटक पटक सानो हावाहुरी आएपनि निजगढमा बिधुत सेवा अबरुद्ध हुदै आएको छ । पटक पटक लामो समय बिजुली जाने र निजगढ अन्धकार हुने समस्याको स्थायी समाधानका लागि कतैबाट पनि पहल भएको छैन । निजगढबाट २१ किलो चपुर सम्म लामो जङगल क्षेत्रमा पटक पटक रुख लडी समस्या आउने गरेको कारण बिजुली अबरोध हुदै आएको छ । केहीदिन अघि अघोषित रुपमा पटक पटक गरिएको लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त बनेका भन्दै उद्योग बाणिज्य संघले बिरोध समेत गरेको थियो । कोरोना महामारी र अहिले पनि केही बिद्यालयहरुले अनलाईनबाटै पठनपाठन हुदै आएको अबस्थामा बिधुत अबरोध हुदा समस्या हुदै आएको छ ।
के भन्छन त स्थानीय
यस पटक पनि सोही खण्डमा देखिएको समस्या मर्मत सम्भार गर्न बिधुत प्राधिकरणका कर्मचारीलाई दुई दिन लागेपछि निजगढमा रहेको दई एफएम लगायत निजगढ क्षेत्रमा रहेका उद्योगहरु बन्द भएका थिए । मोबाईल समेत चार्ज गर्न नपाई सञ्चार सुबिधाबाट बञ्चित बनेका निजगढबासी मैनबत्ती बालेर बस्नु परेको स्थानीय मोहन सापकोटाले बताए । बत्ती नहुदा खानेपानी बितरणमा समेत समस्या आएको थियो । कर्मचारीहरुले लापर्वाही गर्ने र समयमा काममा नखटिने गरेका कारण पनि मर्मत गर्न ढिला हुने गरेको छ । हागा पन्छाएर तार तान्न पनि त्यती लामो समय कही लाग्छ । स्थानीय कर्मचारीहरुको पनि लापर्वाही र अन्य पक्षले समेत ध्यान नदिदा बिधुत पटक पटक जाने समस्या समाधान हुन नसकेको हो । नेपाल विधुत प्राधिकरण निजगढले समस्याको पहिचान समयमै नगरेको कारण यस्तो समस्या आएको स्थानीयले बताएका छन् । कर्मचारीको लापर्वाहीका कारण र समयमै समस्याको समाधानका लागि पहल नहुदा बिधुत अबरोध हुदै आएको स्थानीयले आरोप लगाएका छन् ।
निजगढ केन्द्रका प्रमुख पुष्पेश्वर साहको समस्या बारे भनाई्
हावाहुरीका कारण चपुर निजगढ क्षेत्रको ५ रुख ढलेर तीन स्पान तार चुडिएपछि बिधुत अबरुद्ध बनेको नेपाल विधुत प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहले बताउनु भयो । बन्चरो र खुर्पाका भरमा छ जना कर्मचारीले लडेका पाँच रुखका हागा काटेर पन्छाउने र मर्मत गर्ने काम १२ घण्टा समय लागेको उहाँले बताउनु भयो । रुख हटाउन र आश्यक सहयोग स्थानीय तह लगायत कतैबाट पनि नभएको उनले बताउनु भयो । हामीले सहयोग पनि मागेनौ र कतैबाट सहयोग पनि भएन लमाहा देखि धन्सारसम्म धेरै पुराना रुख लड्ने प्रकृयामा छ । तिनिहरु सामान्य हाबाहुरीमै ढल्ने अबस्थामा भएकोले फेरी यो भन्दा लामो बिधुत अबरुद्ध हुने सम्भावना छ उनले बताए । स्थानीय पालिकासग सहयोग माग नभएपनि समस्या बारे पटक पटक जानकारी गराएको साहले बताए । तर कतैबाट सहयोग भएको अबस्था छैन । राजमार्ग भन्दा आधा किलोसम्म भित्र जङलमा रहेका कारण गाडी समेत जान नसक्ने भएका कारण ठिलाई भएको बताए । पिलुवाबाट बिधुत सप्लाई गर्न माग भई पत्राचार भएपनि ट्रान्सफरर्मर नभएका कारण तार तान्न नसकेको निजगढ प्राधिकरणले यस अघि बताएको भएपनि सिमराका प्रमुखले शुरुनै नभएको बताएका छन् । पिलुवाबाट बिधुत बिस्तार भए धेरै हद सम्म समस्या समाधान हुनेमा भने सबै एकमत छन् ।
समस्या समाधानका उपाय के हुन सक्छ
१) समस्या समाधानका लागि निजगढ र चपुरबिचकोबिचमा चार सय केविको लाईन ल्याउने एउटा कार्यक्रम रहेको छ । सव स्टेशन बनाएर बिधुत बिस्तारको कार्यक्रमलाई निजगढको समस्यालाई ध्यानमा राखेर सबस्टेशन बनाउन सकिए निजगढलाई बिधुत दिन सकिन्छ ।
२) पिलुवाबाट निजगढ ल्याउदा नौ किलोमा छोटिन्छ । दोश्रो जङगल क्षेत्र जम्मा दुई किलोमात्र पर्छ । यसका लागि अहिले सम्म चर्चा भएपनि अहिलेसम्म कुनै प्रगति भएको छैन । बिधुत प्राधिकरणका महानिर्देशकमै कुरा गरेर योजनामा ल्याउन नगरपालिका, राजनैतिक दल र आम नागरिकले आफनो स्तरबाट सहयोग पुराउनु पर्छ । अन्यथा नयाँ कार्यक्रम समाबेश हुन समस्या छ । अहिलेसम्म कुनै पहल भएको छैन । कहिलेकाही आउने हावाहुरी भनेर बिधुतका प्रमुखहरुले यो समस्या प्राथमिकतामा नराखेको पाईन्छ । स्थानीय निकाय र राजनैतिक दलहरुले पनि यसको लागि पहल प्रभावकारी पहल हुन नसकेको आरोप छ ।
के भन्नुहुन्छ निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल
स्थानीय निकायका तर्फबाट आफुले गर्नुपर्ने सहयोग गर्ने निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले बताउनु भयो । यसका लागि बिधुत प्राधिकरण निजगढ ईकाईले आबश्यक पहल कदमी लिनुपर्ने भएपनि समस्या र समाधानका बारेमा कुनै जानकारी र छलफल नगरेको उहाँले बताउनु भयो । यद्यपी समस्याको दुवै समाधानका लागि आफु माथिल्लो निकायमा कुरा गरी समाधानका लागि पहल भई सबस्टेशन राख्न नगर कार्यपालिकाको निर्णय सहित लिखित अनुरोध केन्द्रिय कार्यालयमा गरेको बताउनु भयो । उहाँले स्मार्ट सिटी निर्माण अभियान अन्र्तगत डिपिआर बनेर सडक बिस्तारको काम भईरहेको भएपनि बिधुत पोलले समस्या हुदै आएकोले प्राधिकरणले योजना बनाएर काम अघि बढ्न र काममा सहकार्य गरी तदारुकता देखाएर गर्नुपर्ने बताउनु भयो ।
के भन्छन नेपाल बिधुत प्राधिकरण सिमराका प्रमुख रामु श्रेष्ठ
२१ किलो लामो जंगल क्षेत्रमा पटक पटक रुख ढलेर समस्या हुदै आएका छ । तत्काल समस्या समाधानका कुनै कार्यक्रम छैन । कर्मचारीको ढिलासुस्ती नभएको उहाँले बताउनु भयो । लामो क्षेत्र भएकाले कति ठाँउमा समस्या हुन्छ थाहानै नहुने र पत्ता लगाउदा लगाउदै समय लाग्ने गरेको उहाँले बताउनु भयो । हिजोको मात्र एक ठाउँमा होला भनेको त पाँच ठाउमा भएर ढिला भएको हो । चपुरबाट ल्याउने रुटनै गलत भएको उहाँले बताउनु भयो ।
लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त, उद्योगीको बिरोध