निजगढ नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम संचालन हुने

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नबराज चौलागाई / गुरुप्रसाद गौतम

निजगढ । स्वास्थ्य बिमा कार्यक्रम मार्फत नगर भित्रका नागरिकहरुको स्वास्थ्य सेवा र उपचारमा सहयोग पुराउने उद्धेश्यले केही समयभित्रै स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्न लागेको निजगढ नगरपालिकाका नगरप्रमुख शुरेस कुमार खनालले बताउनु भयो ।

नगरपालिकामा शिघ्र स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने गरी भएको कार्यक्रम सुरेश कुमार खनालको सभापतित्वमा सम्पन्न भएको हो ।

निजगढ नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न सबै तयारी अन्तिम चरणमा रहेको समेत प्रमुख खनालले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर खनालले ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिने र अन्य नागरीकहरुलाई पनि सहुलियत शुल्कमा बिमा गराईने भएकोले नगरबासीहरुलाई स्वास्थ्य बिमा गरि लाभ लिन खनालले आग्रह गर्नुभयो ।

नगरपालिकाको सभाहलमा बुधबार सम्पन्न स्वास्थ्य बिमा दर्ता सहयोगीहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो ।

 

अन्तरक्रियामा सहभागी स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले बिमाको लागि आवश्यक प्रक्रीया अघि बढ्ने गरी काम गर्न आफुहरु तयार रहेको बताएका छन ।

 

बिमाकोलागी आवश्यक तयारी हरु पुरा हुने क्रम अन्तिम चरणमा रहेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो। यही असोज देखिनै नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन । ५ जनासम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउने गरी तयारी अघि बढेको बताईएको छ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजनामा र निजगढ नगरपालिकाको सहकार्यमा हुन गईरहेको स्वास्थ्य बिमा कार्यक्रम यस बर्ष बारामा शुरु भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content