ईन्डो नेपाल ओपेन पिस तेक्वान्दो चेम्पियनसिप प्रतियोगितामा नेपाल दोश्रो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । भारतको बिहार मोतिहारीमा भएको ईन्डो नेपाल ओपेन पिस तेक्वान्दो चेम्पियनसिप प्रतियोगितामा नेपाल दोश्रो भएको छ । प्रतियोगितामा सहभागी बारा पर्सा लगायतको नेपाली टोलीले भाग लिएकोमा १३ गोल्ड मेडल सहित ३४ पदक ल्याएर दोसो हुन सफल भएका हुन ।

प्रतियोगितामा बारा र पर्साका जुनियर तथा सिनियर गरी दुई दर्जन खेलाडिले सहभागिता जनाएको प्रशिक्षक बिजय शाह ठकुरीले बताउनु भयो । पहिलो भने भारतको आयोजक मोतिहारी क्लबनै प्रथम भएको ठकुरीले बताए । प्रतियोगिता असोज ११ र १२ गते सम्पन्न भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content