चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयोग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन तयारी अघि बढेको बताएका छन् । रामेछापको मन्थली नगरपालिका–१ बसपार्कमा निर्माण भएको भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले सो कुरा बताउनु भएको हो ।

आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय निर्वाचन गर्नका लागि आयोगले कार्यसूची बनाएर सोही अनुसार अघि बढेको बताएका हुन । उहाँले निर्वाचन खर्च कम गर्न सबैले आ–आफ्नो ठाउवाट सामाजिक सचेतनाको कार्यक्रम गर्नुपर्ने समेत बताउनु भयो । निर्वाचनमा देखिने गलत काम हटाउन सबै नागरिक सचेत हुनु पर्ने बताए ।

भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले सबै नागरिकलाई मतदानमा सहभागी गराउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको समेत बताए । रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै थपलियाले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम लेखाउन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content