अपाङ्गलाई नगरपालिकाको घरमै पुगेर ल्यापटप बितरणले अध्ययनमा हौसला

तराइ संचार
तराइ संचार 606 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

नबराज चौलागाई । गुरुप्रसाद गौतम

निजगढ । भौतिकरुपमा पुर्ण अशक्त भएपनि अध्ययनमा रुची भई उत्कृष्ट रहेका पुर्ण अपाङ्ग १८ वर्षीय सुजल आचार्यलाई निजगढ नगरपालिकाले ल्यापटप बितरण गरेकोमा आफु अत्यन्तै खुसी भएको बताएका छन् । अध्ययनमा अत्यन्तै रुची भई कक्षा ७ मा अध्ययनरत आचार्य ब्रेनट्युमरबाट पनि पिडित छन् । खुट्टाको भर नहुदा एक ठाउँबाट अर्को ठाउँमा समेत हिडडुल गर्न नसक्ने आचार्यले ल्यापटप पाउदा खुशी प्रकट गर्दै आफुले नजानेपनि सिकेर चलाउने बताए । निजगढ नगरपालिका ९ का सुजलले ल्यापटप पाउने र धेरै सिक्ने कुरा कल्पना नभएपनि नगरपालिकाले प्रदान गरेकोमा धन्यवाद समेत दिए ।


नगरपालिकाले निजगढको गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत पुर्ण अपाङ्ग आचार्यको अध्ययन गर्ने रुचीलाई ध्यानमा राखेर नगरपालिकाका तर्फबाट घरमै पुगेर ल्यापटप बितरण गरेको हो । नगरप्रमुख सुरेश कुमार खनाल सहित प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्सन प्रसाद बडाल, नगरपालिकाका सुचना अधिकृत रविन कुमार घिमिरे लगायतको टोलीले विद्यार्थि आचार्यको घरमा पुगेर ल्यापटप हस्तान्तरण गरेको हो ।

शिक्षाको अबसर प्रदान गर्न घरमै पुगेर ल्यापटप बितरण – नगरप्रमुख सुरेश कुमार खनाल

आर्थिक रुपमा कमजोर रहेको अपाङ्गता भएका आचार्यलाई अध्ययनमा सहजता र उनको रुचीलाई ध्यानमा राखेर नगरपालिकाले ल्यापटप वितरण गरेको नगरप्रमुख सुरेश कुमार खनालले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नगर भित्रका जेहेनदार र आर्थिक रुपमा विपन्न, अपांग लगायत पिछडिएका वर्गका विध्यार्थीहरुको शैक्षिक स्तर बढाउन नगरपालिकाले आवश्यक क्रियाकलापहरु संचालन गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने खनालले बताउनु भयो । उहाँले वडा नम्बर १३ मा रहेका चेपाङ समुदायका विध्यार्थीहरुलाई आवसिय रुपमा बसोबासको व्यवस्थापन गर्दै निशुल्क शिक्षाको व्यवस्थापन गर्न लागेको समेत बताउनु भयो । नगरलाई शैक्षिक क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले गरेको लगानी उपलब्धिमुलक रुपमा अघि बढिरहेको समेत खनालले जनाउनु भएको छ ।

नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्कीले अध्ययनमा रुची र अपाङ्गहरुले समेत शिक्षाको अबसर प्रदान गर्न घरमै पुगेर ल्यापटप बितरण गरेको बताउनु भयो ।

अपाङ्ग छोराको ईच्छा र चाहना पुरा मात्र नभै हौसला प्रदान – अभिभावक

एकमात्र अपाङ्ग छोरा सुजलको ईच्छा र चाहना पुरा गर्न बिद्यालय भर्ना गरेको र पढाईमा समेत राम्रो रहेको आफुहरुले बिद्यालय ल्याउने लैजाने गरेको बताए । बुबा सुरेश आचार्य र आमा ईश्वरी आचार्यले नगरपालिकाको सहयोगले आफना अपाङ्ग छोराको ईच्छा र चाहना पुरा भएको बताए । उनले नगरपालिकाले घरमै आएर गरेको सहयोगले अपाङ्ग छोरालाई हौसला प्रदान गरेको बताउनु भयो । अटो भ्यान सञ्चालन गर्दै आएका आचार्यको अपाङ्ग छोरा सहित एक छोरी रहेकी छन् ।

अपाङ्ग विद्यालय समेत नगरमा आवश्यकता छ– शिक्षक चौलागाई

बिद्यालयका शिक्षक बोधनाथ चौलागाईले अध्ययनमा तिब्र ईच्छा भएका आचार्यको लगाब देखेर केही दिन त घरमै गएर शिक्षा दिएको बताए । उनले पढाईमा अरु सबल सरह पठनपाठन गर्दै आएका आचार्य राम्रौ लेखन मात्र हैन रुची समेत तिब्र रहेको बताए । उनले आचार्य जस्ता धेरै अपाङ्ग बालबालिका बिद्यालय बाहिर रहेकाले नगरपालिका र अन्य निकायले अपाङ्गहरुकै मात्र अध्ययन गर्ने र उनीहरुबिचनै प्रतिस्पर्धा हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । आचार्यका बुबा आमाले दैनिक ल्याउने र लैजाने गरी सात कक्षा पुराएको भएपनि सबैले गर्न नसक्ने भएकाले धेरै शिक्षाबाट बञ्चित हुने गरेकोले अपाङ्ग विद्यालय समेत नगरमा आवश्यकता रहेको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content